पत्रकार ठगुन्नालाई मलेसिया समाजिक पत्रकारिता अवार्ड


कञ्चनपुर : कञ्चनपुरका पत्रकार रामसिह ठगुन्नालाई समाजिक पत्रकारिता अवार्ड प्रदान गरिएको छ । नेपाल टेलिभिजन कञ्चनपुरका समाचारदाता पत्रकार ठगुन्नालाई मलेसियाको क्वालालाम्पुरमा समाजिक पत्रकारिता अवार्ड पाईएको हो ।

क्रियटिभ मिडिया एण्ड ईभेन्ट म्यानेजमेन्टको आयोजनामा सिङ्गापुर मलेसियाको क्वालालाम्पुरमा आयोजित चौथो ईन्टरनेशनल सोसियल अवार्ड कार्यक्रममा पत्रकार ठगुन्नालाई समाजिक पत्रकारिता अवार्ड प्रदान गरिएको छ । पत्रकार ठगुन्नालार्ई संचारका माध्यमबाट कृषि, पर्यटन, आर्थिक, समाजिक क्षेत्रमा योगदान पु¥याएको भन्दै सम्मानका साथै पुरस्कार प्रदान गरिएको हो । मलेसियाका लागि नेपाली राजदुत डिल्लीराज पौडेलको पत्रकार ठगुन्नालाई अवार्ड हस्तान्तरण गरेका थिए ।

झण्डै दुई दशकदेखि पत्रकारिता क्षेत्रमा रहेका पत्रकार ठगुन्ना नेपाल पत्रकार महासंघ सुप प्रदेशका महासचिव एव प्रेस सेन्टर नेपालका केन्द्रीय उपाध्यक्ष हुन । अन्र्तराष्ट्रिय स्तरमा समेत पुरस्कार पाउन थालेपछि पत्रकार ठगुन्नाले काममा थप उर्जा थपिएको बताएका छन ।


ताजा समाचार

spot_img