खडक कोली /कञ्चनपुर : पतंञ्जली योग साधना तथा आयुर्वेदिक परामर्श केन्द्रको पाचौं साधारण सभा सम्पन भएको छ । केशवराज भट्टको अध्यक्षतामा भएको साधारण सभामा प्रमुख अतिथीमा वडा नं. १८का वडा अध्यक्ष रविन्द्र देवकोटा रहेका थिए, त्यसैगरी विशिष्ट अतिथीमा हरिशरणम महाराज, पदम बहादुर चन्द, लक्ष्मी प्रसाद भट्ट, सुरेन्द्र ओझा, पुरुशोत्म भट्ट रहेका थिए । ‘गरौं योग रहौं निरोगी’ भन्ने मुल नाराका साथ सहभागीहरुले योग गर्नु पर्नेमा जोड दिएका थिए ।
खुला सत्रको समापन्न पछि बन्दसत्रले गणेश सिह धामीको अध्यक्षतामा नौं सदस्यीय समितिको चयन गरेको छ । जसमा अध्यक्ष गणेश सिह धामी, उपाध्यक्ष देवकी चन्द्रा जोशी, महासचिव धन ब.बम, सचिव पदम शाह, सहसचिव हरिप्रसाद बोहरा, कोषाध्यक्ष रामदत्त भट्ट, सदस्यमा रुक्मा नाथ, धनी नाथ रहेका थिए भने सल्लाहकारमा केशवराज भट्ट, बसन्ती कुमारी जोशी, रहेका छन् । हाल सम्म मुख्य योग प्रशिक्षक गंगादत्त जोशीले प्रशिक्षण गराउदै आउनु भएको छ । रोगले कसैलाई आफ्नो पराया नभनी रोग लाग्ने हुनाले त्यसबाट बच्न स्वास्थ्य रहन योग अति आवश्यक भएको योग प्रशिक्षक गंगादत्त जोशीले बताए । आज भएको साधारण सभामा नियमित रुपमा योग गर्न आउने र सधै योग साधनको लागि सहयोग गर्ने पदम बहादुर शाहलाई दोसल्ला ओडाई प्रमाण पत्र सहित सम्मान गरेको छ ।
शनिबार चयन भएका अध्यक्ष धामीले ‘योग गर्नको लागि भवन निर्माण र योग शिवीरलाई निरन्तरता दिदैं जानेमा जोड दिनु भएको छ ।’ त्यसै गरी भीनपा–१८का वडा अध्यक्ष देवकोटाले ‘भवन निर्माण लगायत योगलाई बच्चा देखि लिएर वृद्ध सम्म सबैका लागि अनिर्वाय भएकोले वडा बाट सक्दो सहयोग गर्ने आश्वासन दिनु भयो ।’ पतंञ्जली योग साधना तथा आयुर्वेदिक परामर्श केन्द्रमा हाल सम्म संस्थापक सदस्य १० आजिवन सदस्य २७ र साधारण सदस्य २७ रहेको योग प्रशिक्षक गंगादत्त जोशीले बताए ।