कञ्चनपुर : नेपाल बिध्यार्थी संघ कंचनपुरका युवानेता इश्वर जोशिले आफ्नो जन्मदिनको अबसरमा महाकाली प्रादेशिक अस्पतालका बिरामिलाइ फलफुल बितरण गरेका छन । २४ औँ जन्मदिनको अबसरमा युवा नेता जोशिले अस्पतालका ६० जना बिरामी तथा कुरुवालाइ फलफुल बितरण गरेका हुन ।

कन्चन बिध्या मन्दिर सामुदायिक कलेजमा स्नातक तह तेश्रो बर्समा अध्ययनरत युवा नेता जोशी बिगत देखि पनि सामाजिक कार्यमा सकृय रहदै आएका छन । जन्मदिनको अवसरमा थोरै भए पनि महाकाली अस्पतालमा फलफुल बितरण गरियो, उनले भने`अस्पतालमा रहेका ब्यक्तिहरुको आशीर्वाद प्राप्त हुदा निकै खुसी प्राप्त भयो, आगामी दिन सामाजिक कार्य गर्ने झन प्रेरणा मिलेको छ ।´ समाजमा सानै भए पनि सबैले सहयोग र सकारात्मक योगदान गर्नु पर्नेमा उनले जोड दिएका छन ।

आगामी दिनमा पनि सहयोग र समाजसेवालाइ निरन्तरता दिने उनले बताएका छन । सकारात्मक कार्यहरुले हरेकको जिवन र समाजमा सकारात्मक उर्जा थप्ने समेत उनको भनाइ छ । युवा नेता जोशि युवा माझ पनि निकै लोकप्रीय छवि भएका ब्यक्ती समेत रहेका छन ।







