आज सरस्वती पुजा, पार्कको मर्मत तथा सरसफाईले मुहार फेरियो


कञ्चनपुर : आज देश भर सरस्वतीि माताको मन्दिरमा पुजा आजा गरिदैछ । कञ्चनपुरमा पनि विद्यालय तथा सरस्वती मन्दिरहरुमा सरस्वतीको पुजा आजा भै रहेको छ । भीनपा–१८ स्थिीत पार्कमा रहेको सरस्वती मन्दिरमा सरस्वती पुजा गर्नेको विहानै देखि भिड लाग्ने गरेको छ । यसपालि पार्कको मर्मत तथा सरसफाईले पार्क आकर्षण मय भएको छ । पछिल्लो केही महिना यतादेखि कञ्चनपुरको महेन्द्रंनगर पार्कले मुहार फेर्न थालेपछि पार्कभित्र अवलोकनकर्ताको भिडभाँड मात्रै होईन, सरस्वती मन्दिरमा पुजा समेत गरिएको छ । आज बसन्त पञ्चमी तथा सरस्वती पुजाका दिन पार्क भित्र रहेको मन्दिरमा पुजाआजा गरिएको हो ।

भीमदत्त नगरपालिका १८ महेन्द्रनगरमा रहेको पार्क व्यवस्थापनको नेतृत्व गरिरहेका वडासदस्य हेम बहादुर बस्नेतले पार्कभित्र सरसफाई गरेसंगै पार्क सुधार भईरहेको अवस्थामा सरस्वती पुजा समेत गरिएको बताए । ‘सरस्वती पुजालाई मध्य नजर गर्दै हामीले मन्दिर क्षेत्रपनि सरसफाई गरेका थियौँ, ‘उनले भने, ‘कोरोना महामारीका कारण पनि पुजा हुन नसकेको मन्दिरमा पुजा भएको हो ।’ विनय जोशी सहितका पण्डितले पुजाअर्चना गरिरहेका छन । केही बर्षदेखि मन्दिरमा पुजा हुन नसकेको अवस्था र पार्क व्यवस्थापन हुनसक्दा पार्कभित्र प्रवेस नगरेका मानिस पनि अहिले धमाधम प्रवेस गरिरहेका छन ।


ताजा समाचार

spot_img