संस्कृति जगेर्नाका लागि भम्केपानीमा माघी मिलन कार्यक्रम

कञ्चनपुर : थारु संस्कृति जगेर्नाका लागि शुक्लाफाँटा नगरपालिका ८ भम्केपानीमा माघी मिलन कार्यक्रम आयोजना गरियो । थारु समुदायको नयाँ वर्ष २६४६का अवसरमा आयोजित कार्यक्रमका सभापती पल्टा चौधरी रहनु भएको थियो । कार्यक्रममा थारु संस्कृति झल्कने गीत र नृत्य प्रस्तुत गरिएका थिए । थारु राष्ट्रिय लोक गायक मनिराम चौधरी लगायतको सहभागीता रहेको थियो ।

कार्यक्रममा छोक्रा, दिननच्वा, हुरदङवा, मघौटा लगायतका परम्परागत नृत्यहरु प्रस्तुत गरिएका थिए । कार्यक्रमका सहभागीहरुले कार्यक्रमले संस्कृति संरक्षणमा टेवा पुरयाएको विचार व्यक्त गर्नु भएको थियो । कार्यक्रममा वडा अध्यक्ष बहादुर सिंह महरा, वडा सदस्य जनक चौधरी, इप्रका झलारीका प्रहरी निरीक्षक ज्ञानेन्द्र बहादुर सिंह, थारु अगुवा भागिराम चौधरी, जगरनाथ चौधरी, चन्द्रप्रसाद पछलडङग्या, थारु वडघर हरपाल डगौरा, राम बहादुर चौधरी, कालुराम डगौरा,लहानु चौधरी, थारु बुद्धिजीवि धन बहादुर कुश्मी लगायतको सहभागीता रहेको थियो ।

कार्यक्रममा गीत र नृत्य प्रस्तुत गर्ने कलाकारलाई नगद रकम सहित प्रमाण पत्र प्रदान गरिएको थियो । कार्यक्रममा थारु मौलिक परिकार समेत प्रदर्शनमा राखिएका थिए । भल्का क्षेत्र थारु समुदायको धार्मिक क्षेत्रका रुपमा रहेको छ ।

ताजा समाचार

This will close in 10 seconds