बहुमत निकट अखिल क्रान्तिकारी कञ्चनपुरको संयोजकमा नाथ

कञ्चनपुर : नेकपा बहुमत निकट रहेको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) जिल्ला समिति कंचनपुरले बिरेन्द्र नाथको संयोजकत्वमा २३ सदस्यीय जिल्ला सम्मेलन आयोजक कमिटी निर्माण गरि यतिबेला स्वबियु निर्वाचन र जिल्ला सम्मेलन बिशेष संगठन निर्माण,छलफल,र राजनैतिक बहस गर्दै ुप्रज्वल संगठन सुदृढीकरण तथा बिस्तार अभियानु लाई निरन्तरता दिदै आइरहेको छ।

बर्तमान दलाल निगम पुजिवादी शिक्षाको भन्डाफोर गर्दै बैज्ञानिक समाजवादी शिक्षा प्राप्तिका लागि शैक्षिक संघर्ष संगै जनताको जीवन संग जोडिएका र राष्ट्र संग जोडिएका मुद्दाहरुमा सडक संघर्षको रूपमा स्थापित अखिल९क्रान्तिकारी० ले अभियान लाई निरन्तरता दिने र भब्य रूपमा जिल्ला सम्मेलन सम्पन्न गर्न गइरहेको छ।

यसैविच संगठनका प्रदेश इन्चार्ज सुरेन्द्र धानुक को प्रमुख आतिथ्य,संगठनका सु.प. बिश्वविद्यालय इन्चार्ज प्रकाश भट्टको उपस्थिति र बिरेन्द्र नाथ को संचालनमा महेन्द्रनगर माविमा चन्द्रीका अवस्थीको अध्यक्षता २७ सदस्यीय एकाइ कमिटी गठन गरिएको छ। सुदूरपश्चिम प्रदेश इन्चार्ज सुरेन्द्र धानुकले संगठनमा आबद्ध हुने उर्जावान,सिर्जनशील,संघर्षशील,जुझारु क्रान्तिकारी छात्रछात्राहरुलाई हार्दिक बधाई तथा शुभकामना दिए ।

ताजा समाचार