मुहार फेरिन लागेको पार्क रातीमा उज्याँलो

कञ्चनपुर : मुहार फेरिन लागेको कञ्चनपुर महेन्द्रनगर पार्क रातीमा पनि उज्याँलो पारिएको छ । भीमदत्त नगरपालिका १८ महेन्द्रनगर पार्कभित्र एलईडी लाईट जडान गरिएपछि रातीमा पनि उज्याँलो पारिएको हो ।
पार्कको विच भागमा एक सय वाट क्षमता भएका एलईटी प्यानल लाईट जडान गरिएको छ । लाईट जडान गरिसंगै पार्क थप आकर्षित बनेको र रातीका बेला पार्क थप आकर्षित देखिएको छ ।
महेन्द्रनगर पार्क व्यवस्थापनको नेतृत्व गरेका भीमदत्त नगरपालिका १८ का वडा सदस्य हेम बहादुर बस्नेतले साँझ र रातीका बेला उज्याँलोका लागि लाईट जडान गरिएको बताए । लाईट जडान गरेसंगै रातीका बेलामा समेत पार्क थप आकर्षित देखिएको स्थानीयले बताएका छन । झाडीझाडीले कुरुप बनेको पार्क पछिल्ला दिनमा व्यवस्थापन हुन थालेपछि दैनिक सयौँ मानिसले पार्क अवलोकन गरिएका छन ।

ताजा समाचार