बेलौरीमा बालिकाले अवैध गर्भधारणबाट बच्चा जन्माईन


कञ्चनपुर : कञ्चनपुरको बेलौरीमा एक बालिकाले अवैध गर्भधारणबाट बच्चा जन्माईएकी छिन । अविवाहित अन्दाजी १५ बर्षिया बालिकाले बच्चा जन्माएकी हुन । विद्यालय उमेरकी उक्त बालिकाले शुक्रबार अकस्मात बच्चा जन्माएपछि स्थानीय चर्कित भएका छन ।
आमा र बच्चालाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय बेलौरीले सोधपुछ गरिरहेको छ । उक्त घटनाको अनुसन्धान भईरहेको कञ्चनपुर प्रहरीले जनाएको छ । बच्चा कसको हो भन्ने बारे सुक्ष्म अनुसन्धान भइरहेको कञ्चनपुर प्रहरी प्रमुख श्याम प्रसाद चौधरीले बताए । ‘अनुसन्धान जारी छ कानुनले कसैलाई छोड्दैन, ‘उनले भने, ‘उक्त बालिकाले ९ महिना सम्म अबैध गर्भधारण गरेर छोरा जन्माएको रहस्य खुलेको छ ।’


ताजा समाचार

spot_img