कञ्चनपुर : प्रहरीले लागु औषध सहित दुई युवकलाई पक्राउ गरेको छ । प्रदेश र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले लागु औषध सहित दुई युवकलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सुचना अधिकारी भरतराज गिरीले भीमदत्त नगरपालिका ३ नौलाखेत र शुक्लाफाँटा नगरपालिका १२ देखतभूलीबाट लागु औषध चरेश सहित दुई युवालाई पक्राउ गरिएको बताए । नौलाखेतबाट पक्राउ परेका करन धामीको साथबाट १५ किलो ५२० ग्राम र देखतभूली महेश प्रशाद भट्टको साथबाट ७६ ग्राम लागु औषध बरामद गरेको प्रवक्ता गिरीले बताए । प्रहरी निरीक्षक समेत रहेका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता गिरीले शुरुवाती चरणमा बझाङ्गको केदारस्यु गाँउपालिका ७ घर भईहाल भीनपा ३ तिलकपुर बस्दै आएको धामीको साथबाट चरेश बरामद गरेपछि धामीकै बयानका आधारमा देखतभूतीका स्थानीय महेश प्रशाद भट्टलाई पनि पक्राउ गरिएको बताए ।

दुवैलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा राखिएर थप अनुसन्धान भईरहेको जनाएको छ । समाज विध्वङसकारी लागु औषध नियन्त्रणमा कञ्चनपुर प्रहरीले लागु औषधका तस्करमाथि तह लगाउने काम गरिरहेको छ ।







