आदित्य जोशी / कञ्चनपुर : कञ्चनपुर उद्योग वाणिज्य संघका कार्यकारी अधिकृत हेमराज भट्ट सहित बिनोद भट्ट, महेश भट्टलाई प्रितिशोक परेको छ । भीमदत्त नगरपालिका १८ निम्बुखेडा निवासी कार्यकारी अधिकृत हेमराज सहित भट्टत्रय दाजुभाईलाई प्रितिशोक परेको हो ।
पुख्यौली घर बैतडी भई हाल महेन्द्रनगर निम्बुखेडा निवासी भट्टत्रय दाजुभाईका ७३ बर्षिया पुजनिय बाबु देवदत्त भट्टको सोमबार निधन भएको परिवारजनले जनाएका छन ।

केही समयदेखि अस्वस्थ्य रहेका जेष्ठ नागरिक समेत रहेका भट्टको मंगलबार महाकाली नदीमा धार्मिक परम्परा अनुरुप अन्त्येष्टी गरिएको छ । भट्टत्रय दाजुभाईले स्व. बाबुको पार्थिव शरिरमा दागबत्ती दिएका थिए । भट्ट परिवारका जेष्ठ नागरिक देवदत्तको निधनसंगै घर परिवार, आफन्तदेखि ईष्टमित्र शोकाकुल भएका छन ।











