कञ्चनपुर:बिहान पोखरामा भएको यती एयरलाईन्सको बिमानस्थल दुर्घटना दुखत भएको नेकपा बहुमत कञ्चनपुरले जनाएको छ । नेकपा बहुमत कञ्चनपुरले एक प्रेस नोट जारी गर्दै घटनाप्रति गहिरो समवेदना प्रकट गरेको छ । ‘ दुर्घटनामा परी मृत्य हुनेमा कञ्चनपुरका प्रतिस्ठित ब्यवसायी पशुपति इम्पोरीयमका संचालक तथा समाजसेवी सन्जीब चन्द्र भट् का जीवनसाथि शुस्मा भट्ट र कान्छा छोरा स्लक भट्ट लगायत मृत्युु भएका सम्पूर्ण यात्रु हरुको निधनको खबरले हाम्रो पार्टी लाई निकै दुखित बनाएको छ, ‘विज्ञप्तीमा भनिएको छ।,

‘घाइते हुनुभएका सम्पूर्ण को पुर्ण स्वास्थ लाभको कामना गर्दै मृतक शुस्मा भट्ट,स्कल भट्ट र यति बिमान दुर्घटना मा परि मृत्यु हुने सम्पूर्ण मा हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै उहाँहरुको परिवार प्रति भावपुर्ण समवेदना व्यक्त गर्दछौं ।’ बहुमत जिल्ला इन्चार्ज अर्जुन र सयोजक नक्सालद्वारा हस्ताक्षरित गरिएको विज्ञप्तीमा घाईतेहरुको उपचार गर्न नेपाल सरकार संग जोडदार माग गर्दै पटकपटक हुने विमान दुर्घटनाको दिर्घकालिन समाधान खोज्न नेपाल सरकार समक्ष जोडदार माग गरिएको छ ।







