पुष महिना शुरु र अन्त्य भएको दिन ठुला सवारी साधनको ठक्करले बेदकोटका दुई विद्यार्थीले अकालमै ज्यान गुमाए

कञ्चनपुर : यस बर्ष पुष महिना शुरु भएकै दिन १ पुष बिहानै ७ बजेतिर कञ्चनपुरको पुर्व पश्चिम महेन्द्रराजमार्ग अन्र्तरगत बेदकोट नगरपालिका ७ सुडा क्षेत्रमा बसको ठक्करबाट एक किशोर विद्यार्थीको ज्यान गएको महिना दिनमै फेरी बेदकोट नगरपालिका ७ लालपुर क्षेत्रमा टेक्टरको ठक्करबाट किशोरी विद्यार्थीको ज्यान गएको छ । १ पुषमा बेदकोट नगरपालिका ६ सिसैयाका २१ बर्षिया किशोर विद्यार्थी कविराज बैद्यको बसको ठक्करबाट ज्यान गएकै महिना ३० पुषमा बेदकोट नगरपालिका १ पिपलथलाकी २२ बर्षिया तारा मल्लको ज्यान गएको छ । महेन्द्रनगरको कञ्चन विद्या मन्दिर स्नातक प्रथम बर्षमा अध्ययनरत विद्यार्थी बैद्यको बसको ठक्करबाट शुक्रबार सडकमै निधन भएको थियो ।

सुदूरपश्चिम विश्वविद्यालय स्नातक दोस्रो सेमेष्टरमा अध्ययरत छात्रा तारा मल्लको टेक्टरको टक्करबाट मृत्यु भएको छ । मल्लको शनिबार साँझ ५ बजेतिर सडक ज्यान गयो । छात्र बैद्य र छात्रा मल्लको साईकल चलाएर विद्यालर र घर जाने क्रममा ठुला सवारी साधन(बस,टेक्टर)को ठक्करबाट सडकमै अस्थाएका छन ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरिक्षक पुष्कर पन्तले से२प१०३५नम्बरको टेक्टरको ठक्करबाट मल्लको ज्यान गएको बताए । दुवै महेन्द्रनगरदेखि धनगढीतर्फ लोकेशन रहेको उनले बताए । टेक्टरको ठक्करबाट मल्लको घटना स्थलमै मृत्यु भएको प्रहरी निरीक्षक पन्तले बताए । टेक्टर र चालक सोही नगरपालिका ५ धरमपुरका स्थानीय मान बहादुर चौधरी प्रहरी नियन्त्रणमा छन ।
मृतक मल्ल उच्च विचार सहकारीमा कार्यरत रहेको स्थानीयले बताएका छन ।

केही स्थानीयले शनिबार विदाका दिनमा समेत काममा लगाउने सहकारीमाथि समेत छानबिनको माग गरिरहेका थिए । स्थानीले दिनै पिच्छे घटना हुने र महिनै विच्छे अकालमै ज्यान गुमाईरहेका छन । स्थानीयले घटनाको सत्यतथ्य छानबिन गरेर दोषि उपर कार्बाहीको माग अघि सारेका छन । स्थानीय सिसैया प्रहरीले घटना स्थलको मुचुल्का नउठाउँदै शव उठाएर अटोमा हाल्न खोजेको भन्दै समेत आपत्ति जनाएका छन । दोषिमाथि कानुनी कार्बाही नहुँदासम्म शव नउठाउने अडान लिएका छन । बेदकोटका स्थानीय युवा रदिप पालले उक्त घटनामा एकै दिशातर्फ गईरहेका ठुला सवारी साधनबाट साईकलमाथि ठक्कर दिने कार्य चालकको गल्ती रहेको बताए । ‘सडक दुर्घटनामा थुप्रै कारण हुन्छन, ‘उनले भने, ‘यो घटनामा सरासर गल्ती चालकै देखिन्छ, आफ्नो अगाडी रहेका मान्छे कसरी देखिएनन् ।’ पुर्वपश्चिम महेन्द्रराजमार्ग अन्र्तरगत बेदकोट नगरपालिका क्षेत्रमा महिना दिनमै दुई विद्यार्थीले ज्यान गुमाएपछि स्थानीय समेत आक्र्रोसित भएका छन । स्थानीयले बिहानैदेखि साँझसम्म सडक दुर्घटना रोक्छौँ भन्दै ट्राफिक प्रहरीले बेदकोट नगर क्षेत्रका ठाँउ ठाँउमा चेकजाँचदेखि कडाई गरेपनि घटना नरोकिएको भन्दै चिन्ता व्यक्त गरेका छन । नेकपा एमाले बेदकोट नगरका अध्यक्ष हरिस भाटले ट्राफिक प्रहरी बिहानैदेखि पैशा अशुल्न केन्द्रीत हुने बताएका छन ।

भाटले समाजिक सञ्जालमा ट्राफिक प्रहरी पैशा अशुल्न सडकमा देखिन्छन पैशा केन्द्रीत कार्बाहीले दुर्घटना न्यूनिकरण हुदैन, लार्पबाही ढङगबाट सवारी चलाउनेलाई निगरानी कार्बाही आवश्यक रहेको औल्याएका छन । आक्र्रोसित स्थानीयले ट्राफिक प्रहरीले टेक्टरधनी, टिप्पर, ट्रक लगायत माथि अनेकन बहानाबाजी गरेर रकम अशुल्ने प्रवृतिले सडक दुर्घटना न्यूनिकरण भन्दा बढिरहेको गुनासो पोखिरहेका छन । कृषि प्रयोजनका लागि खरिद भएका टेक्टरले व्यवसायीक समाग्री जस्तै ढुङगा, गिट्टी, बालुवा, सरिया लगायतका समाग्री ओसार्नेबाट महिनाबारी नै रकम अशुल्दा चालक, टेक्टरधनी मात्तिएर चलाउने भएकाले दुर्घटना बढिरहेको बताएका छन । राजमार्ग क्षेत्रमा कानुनी जरिवार र गैर कानुनी अशुल्ने संस्कार नहटेसम्म पनि सवारी दुर्घटना भईरहने स्थानीयको दावि छ । बेदकोट नगरका कार्यपालिका सदस्य पवन नेपालीले उक्त घटनाबारे बेदकोट नगरका प्रमुख भोजराज बोहरा, वडाध्यक्ष रमेश भण्डारी सहित, पीडित पक्षले प्रहरीसंग वार्ता गरिहेको बताए । महिनै विच्छे बेदकोट नगरका होनबार युवा,युवतीले सवारी दुर्घटनाबाट ज्यान गुमाउन थालेपछि नगर प्रमुख बोहरा सहित, जनप्रतिनिधी, दल एव स्थानीय चिन्तित भएका छन । सवारी दुर्घटनाले कञ्चनपुर आक्र्रान्त बनाईरहेका बेला सरोकारवाला पक्षले समयमै प्रभावकारी योजना बनाउनुपर्नेमा जोडदिएका छन ।

ताजा समाचार

This will close in 10 seconds