कञ्चनपुर: भागेश्वरी ट्रेड सेन्टरद्वारा आर्थिकरुपमा विपन्न एकल महिलालाई खाद्यान्न सहयोग गरेको छ । भीनपा–२ बस्ने एकल महिला मंगली टमटाको परिवारलाई खाद्यान्न सहयोग गरेको हो । माघी पर्वको अवसर पारेर दिन दुःखीलाई सानो सहयोग भए पनि गरु भन्ने हिसाबले आफुले सहयोग गरेको भागेश्वरी ट्रेड सेन्टरका सञ्चालक तथा समाज सेवी शिद्धराज भट्टले बताए ।
भीनपा –२ उल्टाखाम बस्ने समाजसेवी गायत्री जोशीले नमुना समाज नेपालकी अध्यक्ष हरिना भट्टलाई टमटा परिवारको बारेमा बताए पछि अध्यक्ष हरिना भट्टको पहलमा समाज सेवी शिद्धराज भट्टले चामल, नुन, तेल र दाल दिएर टमटा परिवारलाई सहयोग गर्नु भएको हो ।
टमटाको श्रीमान ५ वर्ष अघि विरामी भएर बितेका हुन् । सम्पतीको नाममा ५ धुर जग्गा रहेको छ भने ४ छोरी र १ छोरा सहित ६ जनाको परिवार रहेको छ । उनको आर्थिक अवस्था कमजोर हुँदा परिवार लालनपालन गर्न धौ धौं रहेको बताउछिन् । गरिब परिवार भएकोले बालबालिकालाई पढाउन र विहान बेलुकाको छाक टार्न पनि धौ धौ परेको उनी बताउछिन् । यो सहयोगले केही राहत पुगे पनि फेरी समस्या कसरी टार्ने पिरले सताएको उनी बताउछिन् ।







