माघी पर्वको पूर्व सन्ध्यामा माघी मिलन, साँस्कृतिक तथा शुभकामना आदान प्रदान कार्यक्रम

खडक कोली / कञ्चनपुर :
मुक्त कमलरी विकास मञ्च शाखा कञ्चनपुरले माघी मिलन, साँस्कृतिक तथा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरी मनाएकोे छ । थारु समुदायले हर्ष उल्लासका साथ मनाउने माघी पर्वको पूर्व सन्ध्यामा शुक्रबार मञ्च संगै सह आयोजक मदन आश्रित टोल, मनकामना र लाली गुरास टोल, शान्ती कामना टोलले संयुक्त रुपमा माघी मिलन, कार्यक्रम मनाएको हो । भीनपा–१८ स्थिती भगतपुर खानेपानी टंयाकी नजिक योगशालामा आयोजित उक्त कार्यक्रममा विभिन्न सास्कृतिक नृत्यहरु प्रस्तुतीका साथै बिभिन्न थरीका थारु परिकारहरु बाडेका थिए ।

सुदूरपश्चिममा माघी पर्वलाई विशेष रुपमा लिईन्छ भने थारु जातिले यसलाई झन हर्ष उल्लासका साथ मनाउने गर्दछन् । यस दिन थारु समुदायमा बडघर चयन पनि गर्ने गर्दछन् । खानाका विभिन्न परिकार बनाएर एक आपसमा बाडेर खाने चलन छ । त्यसै गरी मुक्त कमलरीहरुलाई न्यानो कपडा वितरण गरिएको थियो । उक्त कार्यक्रमको सभापति मुक्त कमलरी विकास मञ्च शाखा अध्यक्ष सीता चौधरी रहनु भएको थियो । प्रमुख अतिथीमा पूर्व माननीय निरु देवी पाल, विशिष्ट अतिथीमा भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोकटी, निर्वतमान नगर प्रमुख सुरेन्द्र विष्ट रहनु भएको थियो ।

ताजा समाचार

This will close in 10 seconds