कंचनपुर मा पृथ्वीनारायण शाहको ३०१ औँ जन्मजयन्ती मनाइँदै

कंचनपुर: प्रत्येक वर्ष पुस २७ गते मनाइने राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । यस वर्ष पृथ्वीनारायणको ३०१ औँ जन्मजयन्ती मनाइँदैछ । विसं १७७९ पुस २७ गते गोरखामा राजा नरभूपाल शाह र रानी कौशल्यावतीका कोखबाट पृथ्वीनारायण शाहको जन्म भएको थियो । विसं १७९९ चैत २५ गते पृथ्वीनारायण शाह राजा भएका थिए । पृथ्वीनारायणको ३०१ औँ जन्मजयन्ती राष्ट्रिय प्रजातन्त्र पार्टीले कंचनपुर को महेन्द्रनगर मा बिभिन्न कार्यक्रम गरेर मनाय को छ। उक्त कार्यक्रम मा राष्टिय प्रजातन्त्र पार्टीका सुदुर पश्चिम प्रदेश अध्यक्ष धर्मराज जोशी,केन्द्रीय सह-प्रवक्ता पूर्ण बहादुर चन्द,केन्द्रिय सदस्य नन्दा देवी जोशी,कंचनपुरका जिल्ला अध्यक्ष गजेन्द्र बहादुर चन्द,राप्रपा महिला नेतृ हेलेन श्रेष्ठ,जिल्ला कोषाध्यक्ष दिनेस श्रेष्ठ लगायत को उपस्तिथि थियो।

कार्यक्रम बोल्दै पूर्ण बहादुर चन्दले पृथ्वीनारायण शाहका आदर्शआजसम्म पनि उत्तिकै सान्दर्भिक रहेको बताउनुभएको छ । आजको सार्वभौमसत्ताप्राप्तिको यात्रा, पृथ्वीनारायण शाहले सञ्चालन गरेको एकीकरण अभियानको जगमा समावेशी र लोकतान्त्रिक गणतन्त्र नेपालको निर्माण भएको थियो । ‘पृथ्वीनारायण शाहका आदर्शहरू आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने, जनतालाई सबल बनाउने र कुशल वैदेशिक सम्बन्ध सञ्चालन गर्ने सन्दर्भ हुन सक्छन् ।

गजेन्द्र बहादुर चन्दले तत्कालीन समयमा धेरै रियासतको एकीकरणबाट आधुनिक नेपाल राष्ट्रको निर्माण हाम्रो इतिहासको अनुपम र गौरवपूर्ण अध्याय भएको उल्लेख गर्नुभएको छ । हाम्रा वीर पुर्खाले दशकौँसम्म अघि सारेको राष्ट्र निर्माणको अभियानका कारण स्वतन्त्र र सार्वभौम नेपाल सम्भव भएको ऐतिहासिक यथार्थलाई हामी सबैले बुझ्नुपर्छ”, उहाँले भन्नुभयो । गजेन्द्र बहादुर चन्दले राष्ट्रिय एकता दिवसले मुलुकको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय एकताको रक्षा गर्दै सुख र समृद्धि हासिल गर्न हामी सबैलाई प्रेरणा प्रदान गर्ने विश्वास पनि व्यक्त गरे ।

त्यसको २५ वर्षपछि १८२६ सालमा काठमाडौँ उपत्यका विजय हासिल गरेका थिए । नेपाल उपत्यका विजय गरेपछि पृथ्वीनारायण शाहले पूर्वतिरका चौदण्डी विजयपुर आदि विजय गर्दै देशको सिमाना बढाएका थिए । यस अवसरमा सरकारले आज सार्वजनिक बिदा पनि दिएको छ ।

ताजा समाचार

This will close in 10 seconds