आरक्षपीडितका अगुवा खडकाको निधन, शितलहरले मृत्यु भएको आशंका

कञ्चनपुर: कञ्चनपुरका आरक्षपीडित एक अगुवाको निधन भएको छ । ढक्का शिबिर बस्दै आएका झप्पड बहादुर खडकाको सोमबार निधन भएको हो । रुघाखोजीका बिरामी खडकाको आकस्मिक निधन भएको परिवारजनले जनाएको छ । मृतक खडकाकी भाउजु हिरा खडकाले साँझ आफैले तरकारी पकाएर सुतेरका देउरको ओछ्यानै मृत्यु भएको बताईन । ‘हामीले साँझै खाना खाएर सुते, बिहान उनी उठेका थिएनन, ‘उनले भनिन, ‘मैले उठाउँदा उनी उठेनन्, त्यसपछि हेर्दा चिसो भईसकेका थिए, छिमेकीलाई बोलाएर हेर्दा उनले संसार छाडी सकेका थिए ।’ गम्भिर बिरामी नभएका खडकाको एक्कासी निधन भएसंगै ढक्का शिबिरका स्थानीय चिन्तित भएका छन ।

कतै शितलहरले त छोएन भन्दै चिन्ता व्यक्त गरिरहेका छन । झुपडी त्यसमा पनि गरिबी, अभावका कारण शितलहर छोएको हुनसक्ने आरक्षपीडित संघर्ष समितिका अध्यक्ष हिरासिह भण्डारीले बताए । गम्भिर बिरामी नभएका खडकाको एक्कासी निधन भएसंगै ढक्का शिबिरका स्थानीय चिन्तित भएका छन । कतै शितलहरले त छोएन भन्दै चिन्ता व्यक्त गरिरहेका छन । झुपडी त्यसमा पनि गरिबी, अभावका कारण शितलहर छोएको हुनसक्ने आरक्षपीडित संघर्ष समितिका अध्यक्ष हिरासिह भण्डारीले बताए । ‘हेर्नुहोस लामो समयदेखि शितलहर चलेको छ, ‘उनले भने, ‘हामी आरक्षपीडितलाई षडेगलेका समेत दाउरा सेनाले ल्याउन दिदैन, कतै चिसोले कट्याङग्रीएर मृत्यु भएको हुनसक्छ ।’

उति चिसोमा समेत पीडितले दाउरा माग्दा सेनाले मझगाँउ निकुञ्ज प्रशासनले आदेश चाहियो भन्दै समान्य दाउरामा समेत नदिएकाले बस्तीमा चिसो पसिरहेको र त्यसकै उपज खडकाको निधन भएको उनको दुखेसो छ । ०५८सालमा विस्थापित पीडित अझैसम्म पनि पुर्नस्थापना नहुँदा खुला आकासमुनी बस्न बाध्य भएका छन । कहिले बर्षात, कहिले हिउँद र गर्मीले बिरामी परिरहेका पीडितको बेहाल भएको छ । सरकारले पीडितको पुर्नस्थापनाका लागि ३१औँ आयोग बनाउँदासम्म समस्या जस्ताको तेस्तैछ ।

ताजा समाचार