३७ एम्पुल (लागु औषध) सहित युवक पक्राउ

कञ्चनपुर : जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले ३७ एम्पुल (लागु औषध) सहित युवक पक्राउ गरेको छ । आइतबार दिउसो १ बजे ला.औ.नि.ब्युरो शाखा कार्यालय महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालयबाट खटिएको सयुक्त प्रहरी टोलिले कञ्चनपुरको बेदकोट न.पा. वडा नं. ७ स्थित पैदल हिन्दै गरेका अवस्थामा बर्ष ४२ को गणेश सिह भण्डारीलाई पक्राउ गरेको हो ।

शंका लागी चेकजाँच गर्दा उनको साथ बाट लगाएको जकेटको खल्तिभित्र कालो प्लाष्टिकको थैलो भित्र लुकाई छिपाई गरी राखेको अवस्थामा PHENERGAN लेखिएको २० (बिस) वटा एम्पुल र REXOJESI लेखिएको १७ (सत्र) वटा एम्पुल गरी जम्मा ३७ वटा एम्पुल लागु औषध फेला पारेको थियो ।

युवकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुले जनाएको छ ।

ताजा समाचार