शुक्लाफाँटा नगरमा नदीजन्य पदार्थ उत्खनन् बिरुद्ध अख्तियारमा मुद्दा दायर

कञ्चनपुर: कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले नदीजन्य पदार्थ उत्खनन् गैर कानुनी तरिकाले ठेक्का लगाएको भन्दै अख्तियारमा उजुरी परेको छ । शुक्लाफाँटा नगरपालिकाले चालु आर्थिक बर्ष २०७९/०८०मा बनहरा र अनौखी खोला ठेक्का लगाएको थियो । नदीजन्य पदार्थ बिक्रि वितरणका लागि ठेक्का लगाएसंगै शुक्लाफाँटा नगरपालिका ८का केही स्थानीय आन्दोलित समेत भएका थए । स्थानीय रुकुम सिह ठगुन्ना नेतृत्वको नदीजन्य पदार्थ उत्खनन् पीडित संघर्ष समितिले आन्दोलन समेत गरेको थियो । आइतबार सोही संघर्ष समितिले ठेक्का गैर कानुनी आर्थिक चलखेल भएर आब्हान गरिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरमा उजुरी दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरका सुचना अधिकारी नारायण प्रशाद ढकालले उजुरी उपर छानबिन गरिने बताउदै आर्थिक अनियमितता देखिए कार्बाही हुने र अनुचित कार्य भए सम्बन्धीत निकायको ध्यानाकर्षण गराउने बताए ।

शुक्लाफाँटा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत टिकेन्द्र प्रशाद भट्टले ठेक्का प्रकृयागत कानुन अनुरुप भएको बताए । ‘ठेक्का कानुनी पुरै प्रकृया अनुरुप भएको हो, ‘उनले भने, ‘यसमा कुनै द्वविधा छैन ।’ नगरपालिकाले शुक्लाफाँटा ८ नम्बर वडामा रहेका बनहरा र अनौखी खोलामा ठेक्का लगाएसंगै वडाध्यक्ष बहादुर सिह महराले फिल्मीशैलीमा नगर सभा चलिरहेकै बेला राजिनामा दिएका थिए । उनको राजिनामा स्वीकृत वा अस्विकृत बारे अहिले निक्यौल भएको छैन । उक्त ठेक्का प्रकरणमा स्थानीय र नगरपालिका विच आरोप प्रत्यारोप चलिरहेको बुझिन्छ । नदी खोला क्षेत्रमा गैर प्रभावित आन्दोलनमा आएको नगरपालिकाको दावि र आन्दोलनमा आएकाहरुले बस्ती र वातावरण नास गर्ने गरि ठेक्का भएको आरोप प्रत्यारोपमा उत्रिएका छन । नगरको आन्तरिक आम्दानी बृद्धि गराउनमा सबै पक्षबाट सहयोग हुनुपर्ने समेत बहुसंख्यक नगरबासीको सुझाव छ ।

ताजा समाचार

This will close in 10 seconds