संघीय शिक्षा ऐन शिक्षक मैत्री हुन्छ, छिट्टै आउँछ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं : प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ले संघीय शिक्षा ऐन छिट्टै जारी हुने बताएका छन् । साथै, जारी हुने शिक्षा ऐन शिक्षक मैत्री हुने उनको भनाइ थियो । शनिबार बिहान काठमाडौंको महेन्द्र माविमा एकीकृत अखिल नेपाल शिक्षक संगठनको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले संघीय शिक्षा ऐन जारी गर्ने विषयमा सरकार गम्भीर रहेको बताएकाहुन् । साथै, उनले नयाँ सरकारले संघीय शिक्षा ऐन जारी गर्ने विषय आफ्नो प्राथमिकतामा राखेको पनि बताए । ‘अघिल्लो सरकारको कार्यकालमा पनि संघीय शिक्षा ऐनका केही काम भएका छन् । तर, ऐन जारी भएन ।’ उनलै भने, ‘यसपटक संघीय शिक्षा ऐन ल्याउने कुरा सरकारको प्राथमिकतामा छ ।’

शिक्षा ऐन जारी गरेपछि शिक्षा क्षेत्र र शिक्षकहरूसँग सम्बन्धित अधिकांश समस्या सम्वोध नहुने पनि उनले दाबी गरे । ‘शिक्षक अस्पताल हाम्रै पहलमा अगाडि आएको छ,’ प्रधानमन्त्रीले भने, ‘यसलाई सफल कार्यान्वय नगर्ने जिम्मेवारी पनि हाम्रै हो । यसका साथै शिक्षकहरूको सम्मानित जीवनका निम्ति हामीले केही न केही पहल लिनै पर्छ । त्यसतर्फ पनि सरकारले सोचिरहेको छ।’ शिक्षक अस्पताल निर्माणकौ कामपनि अघि बढ्ने भन्दै प्रचण्डले भने, ‘अब संघीय शिक्षा ऐन अघि बढ्छ र शिक्षक मैत्री ऐ्न आउँछ ।’ देशको राजनीतिक परिवर्तन र सामाजिक रुपान्तरणमा शिक्षकहरूको अहम् भूमिका रहेभएकोमा प्रधानमन्त्रीको जोड थियो । एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष शंकर अधिकारीले संगठनको पहलमा संघीय शिक्षा ऐन ल्याएरै छाड्ने बताए ।

संगठन अब पेशागत अधिकार सँगै पेशागत जिम्मेवारी तर्फ पनि कैन्द्रीत हुने भन्दै गुणस्तरीय शिक्षा सुधारका लागि सुझाब कार्यदल नै बनाएर अघि बढ्ने बताए । संगठनले प्रधानमन्त्री भएकोमा प्रचण्डलाई शुभकामना तथा बधाइ पत्र दिँदै शिक्षक महासंघ र सरकार बीच भएको ५१ बुँदे सम्झौता पत्र बारे स्मरण गराएको थियो । लगत्तै प्रधानमन्त्री प्रचण्डले महासंघसँग भएको उक्त ५१ बुँदे सम्झौता अध्ययन गरी तत्कालै कार्यान्वयनमा लग्ने प्रतिबद्धता जनाएका थिए ।

ताजा समाचार

This will close in 10 seconds