इन्धनको मूल्य घटाउन प्रधानमन्त्री प्रचण्डद्वारा निर्देशन

कञ्चनपुर: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड) ले पेट्रोलियम पदार्थको मूल्य घटाउन निर्देशन दिएका छन । बिहीबार प्रधानमन्त्री प्रचण्डले पेट्रोलियम पदार्थको मूल्य घटाउन निर्देशन दिएका हुन । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेका कारण सोहीबमोजिम मुल्य समायोजन गरी मूल्य घटाउन गर्न प्रधानमन्त्रीले निर्देशन छन ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उपप्रधानमन्त्री, मुख्यसचिव, वाणिज्य सचिवसहित आज भएको छलफलपछि प्रधानमन्त्री प्रचण्डले आमजनतालाई राहतको अनुभूति हुने गरी पेट्रोल, डिजेल तथा हवाई इन्धनको मूल्यमा घटाउन निर्देशन दिएका छन ।

प्रधानमन्त्रीको निर्देशनपछि प्रधानमन्त्री कार्यालय, वाणिज्य सचिव सहित सरकारी निकाय अग्रसर भएको छ । अन्र्तराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेपनि नेपालमा समेत घटाउनका लागि उपभोक्ताले आवाज उठाउँदै आएका थिए ।

ताजा समाचार

This will close in 10 seconds