महाकाली प्रादेशिक अस्पतालबाटै विरामीको सामान चोरी हुन थाल्यो


कञ्चनपुर : महाकाली प्रादेशिक अस्पतालमा छोरीको उपचारका लागि पुगेका शुक्लाफाँटा नगरपालिका १० झलारीका पवन रानाको चोरहरुले सामान चोरी गरेर लगेका छन । नातनी विरामी भएपछि पुस १७ गते महाकाली अस्पताल पुगेका रानाको विरामी वार्डबाटै रु २४ हजारको केही दिन अघि खरिद गरेको मोवाईल सेट चोरी भएको हो । छोरा पवन रानाले छोरी आरती रानालाई उपचारका लागि अस्पताल भर्ना गरेका थिए । छोरीलाई राखको बेडको सिरानीमूनी मोवाई सेट राखेका थियौं उनले भने, राती उठेर मोवाईल सेट पाएनौं । यस बारे अस्पताल सुरक्षार्थ प्रहरीलाई खवर गर्दा उल्टै आफनो सामानको सुरक्षागर्न सक्दैनौं भनेर हप्काउने कार्य भयो । अस्पतालमा सिसिटिभी फुटेज हेर्न समेत नदिईएको उनको भनाई रहेको छ ।

आज विहान विरामीका लागि खान ल्याएका आफन्तको नयाँ साईकल समेत अस्पताल परिसरबाटै चोरी भएको उनले बताए । अस्पताल पुग्ने विरामीको सामानको शुरक्षा हुन नसक्नुमा अस्पताल प्रशासनको लापरवाही भएको विरामीहरुको भनाई रहेको छ । अस्पताल चोरहरुको अखाडा बनेको छ इन्द्र रानाले भने, अस्पताल सुरक्षार्थ तैनाथ प्रहरी मुक दर्शक बनेर बस्ने गरेका छन, समान चोरी भएको खवर दिदा उल्टै विरामीलाई हप्काउ छन । सामान चोरी भएको बारे पीडित पक्षले जिल्ला प्रहरी कार्यालमा निवदेन दिएका छन । प्रहरीले सामान भेटिए खवर गर्ने र नपाईए एक महिना पछि फोन गर्नका लागि भनेको पीडित रानाको भनाई रहेको छ ।


ताजा समाचार

spot_img