नदीजन्य पदार्थ उत्खनन् बिरुद्ध शुक्लाफाँटामा स्थानीय आन्दोलित


कञ्चनपुर : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा नदीजन्य पदार्थ उत्खनन् बिरुद्धमा जनता आन्दोलनमा उत्रिएका छन । नगरपालिकाले नदीजन्य पदार्थ उत्खनन्का कार्य अघि बढाएपछि स्थानीय आन्दोलन भएका हुन । शुक्लाफाँटा नगरपालिकाले चालु आर्थिक बर्ष २०७९÷०८० मा नदीजन्य पदार्थ उत्खनन्का लागि ठेक्का दिएको थियो । उत्खनन् क्षेत्र शुक्लाफाँटा नगरपालिका ८ का स्थानीयले उत्खनन् बिरुद्धमा आन्दोलन शुरु गरेका छन । स्थानीय रुकुम सिह ठगुन्नाको संयोजत्वकमा संघर्ष समिति विस्तार गरेर आन्दोलन शुरु गरेका छन । नदीजन्य पदार्थ उत्खनन् पीडित संघर्ष समितिको अगुवाईमा आइतबारदेखि आन्दोलन शुरु गरिएको छ । उनीहरुले आइतबार शुक्लाफाँटा नगरपालिका ८ वडा कार्यालय घेराउ गरेका छन ।

नदीजन्य पदार्थ उत्खनन् पीडित संघर्ष समितिका संयोजक रुकुम सिह ठगुन्नाले प्रभावित क्षेत्रका जनताले बसोबासको उचित व्यवस्थापन नगर्दै गरिएको उत्खनन् कार्य बिरुद्धमा बाध्य भएर आन्दोलनमा उत्रिएको बताए । ‘हामीले यो क्षेत्रमा बषौँदेखि जैविक तटबन्धन बनाएर बस्ती जोगाएका थियौँ, ‘उनले भने, ‘अहिले नगरपालिकाले एक्कासी आएर उत्खनन् कार्य गरिरहेको छ ।’ संयोजक ठगुन्नाले तटबन्ध निर्माण गरिनुपर्ने, सडक कालोपत्रे गरिनुपर्ने, रोयल्टी बाफत ५० प्रतिशत रकम समुदायलाई दिनुपर्ने र समग्र बस्तीको सुरक्षाका लागि योजना अघि नबढाएसम्म आन्दोलन नरोकिने बताए । ‘हाम्रो आन्दोलन कुनै व्यक्ति, जनप्रतिनिधी विशेष होईन, ‘उनले भने, ‘समग्र गाँउबस्तीको विपद् जोखिम न्यूनिकरणका लागि हो ।’ नगरपालिकाले सुनबरा, बनहरा अखौनी सहितका स्थानीय खोला नदीनालाबाट नदिजन्य पदार्थ ढुङगा, गिटी र वालुवा बाफत रोयल्टी संकलनका लागि गणपति कस्ष्ट्रक्सन प्रालिले ६८ लाख १३ हजारमा ठेक्का लगाएपछि स्थानीय आन्दोलित भएका हुन ।

‘आज हामीले वडामा आन्दोलन ग¥यो, भोली गर्दैनौँ, ‘उनले भने, ‘यस विचमा हाम्रो माग सम्बोधन नभए फेरी मंगलबारदेखि नगरपालिका केन्द्रीत आन्दोलन गछौँ ।’ नगरपालिकाले अघि सारेको नदीजन्य पदार्थ उत्खनन् कार्यको केही राजनीतिक दल एव पुर्व एव हालकै जनप्रतिनिधी समेत असन्तुष्ट छैनन । शुक्लाफाँटा नगरका निर्वतमान प्रवक्ता जगत बहादुर सिहले वडालाई अग्राधिकार सहित उत्खनन् गर्नुपर्ने बताए । ‘नगरपालिकाले अघि बढाएको योजना ठिकछ तर, स्थानीयको मुलभूत कटानीको समस्या पनि समाधान गर्नुपर्छ, ‘निर्वतमान प्रवक्ता सिहले भने, ‘जनताको जाजय माग सम्बोधन गर्नुपर्छ ।’ शुक्लाफाँटा नगरपालिका ८का वडाध्यक्ष बहादुर सिह महरा समेत उक्त उत्खनन् कार्यप्रति खासै सन्तुष्ट छैनन । वडाध्यक्ष महराले स्थानीयले अघि सारेका माग नगरपालिकामा जानकारी गराउने बताए ।

‘उत्ख्नन बिरुद्धमा जनता आन्दोलित भई वडा कार्यालय घेराउ गरेका छन, ‘वडाध्यक्ष महराले भने, ‘जनताको माग सम्बोधनका लागि मैले मेरो तहबाट नगरपालिकामा कुरा उठाउँछु ।’ नगरपालिका नेतृत्वले समेत यसमा विशेष ध्यान दिनुपर्ने वडाध्यक्ष महराको भनाई छ । शुक्लाफाँटा नगरका मेयर रण बहादुर महराले यस अघि उक्त खोलानालाबाट अवैध रुपमा उत्खनन् भईरहेको बताउँदै यस पटक वैधानिक रुपमा नगरपालिकाले आन्तरिक आयका लागि ठेक्का लगाएको बताए । मेयर महराले स्थानीय जनताले अघि सारेका माग सम्बोधन गरिने बताए । ‘सो गाँउमा सडक, तटबन्ध विकासका लागि म प्रतिबद्ध छु, ‘मेयर महराले भने, ‘अब ठेक्का लागिसक्यो, यसमा नगरबासीले पनि सहयोग गर्नुप¥यो, म जनताकै साथमा छु ।’ स्थानीयले माग सम्बोधन नभए एकमुठीसमेत ग्राभिल ढुङगा उठान नदिने चेतावनी दिएका छन ।


ताजा समाचार

spot_img