कञ्चनपुर : कञ्चनपुरको बेलौरी नगरपालिका ९ रतनपुरमा रहेको कालिका र सिद्धनाथ मन्दिर प्रवेसद्वार शिलान्यास गरिएको छ । शनिबार एक कार्यक्रमका विच कालिका र सिद्धनाथ मन्दिर प्रवेसद्वार शिलान्यास गरिएको हो । प्रदेश सभा सदस्य दिवान सिह विष्टले दुवै मन्दिरको प्रवेसद्वार शिलान्यास गर्दै आफ्नो तर्फबाट हुने सक्दो सहयोग गर्ने बचन दिए । प्रदेश सभा सदस्य विष्टले सपथ ग्रहण गरेको भोलीपल्टै उक्त मन्दिरको गेट शिलान्यास गदैै धार्मिक पर्यटन विकासका लागि सहयोग गर्ने बताए ।

प्रदेश सभा सदस्य विष्टले मन्दिरमा गौराघर, विवाह मण्डप, होमकुण्ड सहित आवश्यक संरचना निर्माणका लागि सहयोग गर्ने बताए । बेलौरी नगरपालिका ९का वडाध्यक्ष किसन रानाले पनि मन्दिरको बृद्धि विकासका लागि सहयोग गर्ने बताए । सिद्धनाथ तथा कालिका मन्दिर घेरबार तथा पर्खाल निर्माण समितिका अध्यक्ष बलदेव भट्टले स्थानीयबाट आर्थिक सहयोग सलकन गरेर झण्डै ४लाख लागतमा गेट निर्माण गरिने बताए । कार्यक्रममा बेलौरी नगरपालिका ९का वडाध्यक्ष समसेर सिह पेला, समाजसेवी टेकराज अवस्थी, काँग्रेस नेता गोपी प्रशाद उपाध्याय, चेतन राई सहितको उपस्थिति रहेको थियो ।







