कञ्चनपुर : कर्मचारी यूनियन बचत तथा ऋण सहकारी संस्था लि.को ९ औं साधारण सभा सम्पन्न भएको छ। सस्थाले बिहिबार आयोजना गरेको कार्यक्रममा कञ्चनपुर जिल्ला समन्वय समिति प्रमुख दुर्गा बोहरा प्रमुख अतिथि रहेका थिए।

विशिष्ट अतिथीमा जिल्ला समन्वय समिति उप-प्रमुख राम कुमारी राना, नेपाल निजामती कर्मचारी आधिकारीक अध्यक्ष खगेन्द्रराज पण्डित नेपाल निजामति कर्मचारी युनियन अध्यक्ष प्रेम सिह ऐर रहनु भएको थियो भने सहकारी संस्थाका अध्यक्ष रामेश्वर भट्टको अध्यक्षतामा कार्यक्रममा सञ्चालन भएको थियो ।

सहकारी संस्थाको वार्षिक प्रगति प्रतिवेदन सचिव तुला दत्त जोशीले पेश गरेका थिए। आर्थिक प्रतिवेदन कोषाध्यक्ष मान बहादुर भण्डारीले पेश गरेका थिए। कार्यक्रममा सहकारीमा आबद्ध सदस्यहरुलाई सम्मान पनि गरिएको थियो। हाल सम्म सस्थामा १ सय ७ सेयर सदस्य संख्या रहेको छ।







