कञ्चनपुर: विद्यार्थीलाई खेलकुदप्रति आकर्षित गराउनका लागि ‘स्कुल ओलम्पिङ्ग’ कार्यक्रम संचालन गरिएको छ । ओलोम्पियन एसोसिएसनले सुदूरपश्चिम प्रदेश कैलाली–कञ्चनपुरका विद्यालयमा ‘स्कुल ओलम्पिङ्ग’ कार्यक्रम संचालन गरेको हो । एकै मञ्चमा सात ओलम्पियन खेलाडीले विद्यार्थीसंग प्रत्यक्ष खेलकुदको महत्व बारे छलफल गरेका छन । मंगलबार महेन्द्रंनगरको लिटिल बुद्ध एकेडेमीका विद्यार्थीसंग खेलकुदको महत्वबारे छलफल गरेका हुन । ओलम्पिएन दिपक विष्ट, डम्बरदत्त भट्ट, बैकुण्ठ मानन्धर, विष्णू बहादुर सिह, देवी थापा, प्रतिभा रिजाल, दिपक श्रेष्ठले आफ्नो खेलकुद जिवनबारे अनुभव बताएका छन ।

उनीहरुले कडा मेहनत, नियमित अनुशासनपुर्वक खेलकुद क्षेत्रमा लाग्न उत्प्रेरित गरेका छन । ओलोम्पियन डम्बरदत्त भट्टले विगतमा खेल क्षेत्रमा प्रवेसका लागि निकै कठिन भएपनि अहिले थुप्रै सुविधा भएकाले खेलकुदमा सम्भावना भएको बताए । ओलोम्पियन एसोसिएसनका अध्यक्ष दिपक विष्टले खेलकुद क्षेत्र नै विद्यालय भएकाले विद्यार्थीले अध्यनसंगसंगै खेल क्षेत्रको जुट्न आब्हान गर्नुभयो । अध्यक्ष विष्टले देशैभरी विद्यालय कार्यक्रम संचालन भएको बताए । तेक्वान्डोमा चार स्वर्ण ल्याएका अध्यक्ष विष्टले कञ्चनपुरकै विद्यार्थीबाट आफ्नो रेकर्ड तोड्ने गरी खेलाडी बन्नुपर्ने प्रेरणा दिनुभयो । लिटिलबुद्ध एकेडेमीका प्रिन्सिपल श्याम सिह मौनीले एकै पटक सात सात ओलम्पियन खेलाडीले विद्यालयमा गरेको कार्यक्रमबाट विद्यार्थीमा थप प्रेरणा जगाएको बताए । ‘यो कार्यक्रमबाट हामी शिक्षक, विद्यार्थी अभिभावकलाई थप उत्साहित बनाएको छ, ‘उनले भने, ‘खेलकुद विकासका लागि विद्यालय तयार छ ।’







