तेक्वान्दो संघ विघटन बिरुद्धमा कञ्चनपुरमा कालोपट्टी बाँधेर प्रर्दशन


कञ्चनपुर : तेक्वान्दो संघ विघटन बिरुद्धमा कञ्चनपुरमा कालोपट्टी बाँधेर आन्दोलन गरिएको छ । कञ्चनपुर जिल्ला तेक्वान्दो संघले मंगलबार जिल्ला खेलकुद समितिको हातालाभित्र दाँयाहातमा कालोपट्टी बाँधेर आन्दोलन गरिएको हो ।
युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्ले नेपाल तेक्वान्दो संघ विघटन गरेपछि देशैभरीबाट त्यस बिरुद्धमा आन्दोलन भईरहेको छ । कञ्चनपुर जिल्ला तेक्वान्दो संघका अध्यक्ष ज्ञानेन्द्र बहादुर सिहले युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिष्दले खेलडाकीको भावना विपरित खेल क्षेत्र धरासायी बनाउने गरी विघटन गरेपछि बाध्य भएर आन्दोलनमा उत्रिएको बताए ।

अध्यक्ष ज्ञानेन्द्र सिहले तेक्वान्दो संघलाई विघटन गरेर सरकारले खेलकुद क्षेत्र घरासायी बनाउने काम र खेलाडीको मनोबल गिराउने काम गरेको भन्दै उक्त निर्णय पुर्नविचार गर्न माग अघि सारेको बताए । अध्यक्ष सिहले नेपालको खेलकुद क्षेत्रमा अग्रीण भूमिका निर्वाह गर्ने संघलाई विघटन गरेर सरकारले आम खेलाडीको मनोबल गिराउने काम गरेको भन्दै उक्त निर्णय फिर्ता लिन सुझाव छ । अध्यक्ष सिहले कञ्चनपुर सहित देशभरीका खेलाडी आन्दोलनमा उत्रिएको बताए । ‘सरकारले आम खेलाडीको भावनाको कदर नगरे हामी कडा रुपमा संघर्षमा उत्रिन्छौँ, ‘अध्यक्ष सिहले भने, ‘अहिले हामीले शान्तिपुर्ण तरिकाले सरकारलाई घचघच्याईएका छौँ, भावि दिनमा थप आन्दोलनमा जान बाध्य हुनेछौँ ।’

कालोपट्टी बाँधेर आयोजिक कोणलाई संघका अध्यक्ष ज्ञानेन्द्र सिह र उपाध्यक्ष राजेन्द्र केसीले सम्बोधन गरेका थिए । कार्यक्रममा नेपाल तेक्वान्दो संघ सुप प्रदेशका सदस्य हेम बहादुर बस्नेत, लोक बुढा, गजेन्द्र डगौरा, जिल्ला कार्य समितिका उपाध्यक्ष चक्र मिश्र,सचिव गोबिन्द थापा, सदस्य प्रकास डगौरा, लाल बहादुर थापा, प्रमानन्द जोशी लगायत जिल्ला, नगरका डोजानका प्रमुख, पदाधिकारी, खेलाडीको सहभागिता रहेको थियो । सरकारले संघ विघठन फिर्ता नगरि शसक्त आन्दोलनको चेतावनी दिएका छन ।


ताजा समाचार

spot_img