लागु औषध नियन्त्रणका लागि बेलडाँडीको सीमा क्षेत्रमा सचेतना कार्यक्रम


कञ्चनपुर: कञ्चनपुरका लागु औषधको बिगबिगी बढिरहेका बेला नियन्त्रणका लागि समेत प्रयास भईरहेका छन । बेलडाँडी गाँउपालिकाले लागु औषध नियन्त्रणका लागि सचेतनामुलक कार्यक्रम संचालन गरेको छ । बेलडाँडी गाँउपालिकाले स्थानीय प्रहरीसंगको सहकार्यमा विद्यार्थी, अभिभावक, शिक्षक एव सरोकारवाला निकायसंग सचेतनामुलक कार्यक्रम संचालन गरेको हो । आइतबार बेलडाँडी गाँउपालिकाले लागु औषध नियन्त्रणका लागि बेलडाँडी गाँउपालिका ३ वैवाह सीमा क्षेत्रमा सचेतनामुलक कार्यक्रम गरेको छ । बेलडाँडी गाँउपालिका उपप्रमुख शान्ति नाथले लागु औषध भित्रिने मुल नाका बैवाह क्षेत्रमा सचेतना कार्यक्रम गरिएको बताईन ।

‘भारतबाट लागु औषध भित्रिने बेलडाँडीको बैवाह पनि मुख्य नाका घटनाक्रमले देखाएको छ, ‘उनले भनिन, ‘नियन्त्रणका लागि हामीले प्रयास शुरु गरेका छौँ ।’ विद्यार्थी सहित सरोकारवालाको उपस्थितिमा कार्यक्रमको शुरुवात गरेर अन्य वडा क्षेत्रमा समेत कार्यक्रम गर्ने उपप्रमुख नाथले बताईन । ‘लागु औषधका कारण किशोर र युवा पिँढी कुलतमा फसेका छन, ‘गाँउपालिका प्रमुख नाथले भनिन, ‘हामीले जसरी भएपनि लागु औषधबाट युवा र किशोरलाई मुक्त गराउने अभियान हो ।’ विद्यालय क्षेत्रमा सूर्तिजन्य एव मदिराजन्य पदार्थ बिक्रि वितरण रोकथामका लागि कार्य विधि बनाएर निरन्तर प्रयास गरिने उपप्रमुख नाथले बताईन । कार्यक्रमको अध्यक्षता समेत ग्रहण गरेकी बेलडाँडी गाँउपालिका उपप्रमुख नाथले गाँउपालिकाको अभियानमा साथ दिदै सीमा क्षेत्रमा ओसारपोसार नियन्त्रणका लागि प्रयास गर्न प्रहरी सशस्त्र प्रहरीसंग आग्रह गरिन । बेलडाँडी गाँउपालिका ३का वडाध्यक्ष दुर्गा चौधरी लागु औषध तस्करी हुने मुल नाकामै कार्यक्रमका साथै प्रहरीबाट ओसारपसार नियन्त्रण गरिनुपर्ने बताए ।

नेकपा माओवादी कन्द्रका युवा नेता हरि लम्सालले लागु औषध नियन्त्रणका लागि प्रहरी प्रशासनले कडाई गर्नुपर्ने र लागु औषध मुक्तका लागि घर, विद्यालय, समाज जागरुक हुनुपर्नेमा बताए । एमाले नेतृ कल्पना गिरीले लागु औषध नियन्त्रण अपरिहार्य रहेको बताईन । गणेश माविका प्रअ जनक थापाले विद्यालयमा शिक्षकबाट समेत लागु औषध धुम्रपान मध्यपान रोक्ने काम हुने र सचेतना गराउने प्रतिबद्धता जाहेर गरेका छन । कार्यक्रममा इलाका प्रहरी कार्यालय बेलडाँडीका प्रहरी नायब निरीक्षक आनन्द चन्दले लागु औषध नियन्त्रणका लागि प्रहरीले थुप्रै कामकाज प्रयास गरेको बताए । बेलडाँडी गाँउपालिका सिअहेब महेशत्र खत्रीले लागु औषधका बेफाईदाबारे कार्यपत्र प्रस्तुत गर्दै लागु औषध रोकथामको विकल्प नभएको बताए । कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षक, सुरक्षाकर्मी, जनप्रतिनिधी, कर्मचारी राजनीतिक दलका अगुवा एव स्थानीयको सहभागिता रहेको थियो । उनीहरुले गाँउपालिका सहित अन्य निकायबाट लागु औषध नियन्त्रणका लागि निरन्तर प्रयास जारी राख्नुपर्नेमा जोडदिएका छन ।


ताजा समाचार

spot_img