सिद्धनाथ मन्दिरको हुलाकी सडक तर्फको घेरबार सम्पन्न


कञ्चनपुर : कञ्चनपुरको दक्षिणी क्षेत्र बेलौरीमा रहेको सिद्धनाथ मन्दिरको हुलाकी सडक तर्फ घेरबार सम्पन्न गरिएको छ । बेलौरी नगरपालिका ९ रतनपुरमा रहेको सिद्धनाथ मन्दिरको हुलाकी सडक तर्फ घेरबार सम्पन्न गरेको हो ।

सिद्धनाथ मन्दिर समिति घेरबार निर्माण समितिका अध्यक्ष बलदेव भट्टले लामो समयपछि मन्दिरको क्षेत्रफलमा घेरबार गरिएको बताए । अध्यक्ष भट्टका अनुसार विवादका कारण घेरबार निर्माण कार्य ढिलाई भएको थियो । अहिले हुलाकी सडक तर्फको क्षेत्रमा निर्माण कार्य सम्पन्न भएको अध्यक्ष भट्टले बताए ।


ताजा समाचार

spot_img