बैतडी शिक्षक हत्याकाण्ड : श्रीमती अर्कैको अंगालोमा भेटिएपछि..

कञ्चनपुर : बैतडीमा शिक्षक धन बहादुर विष्ट हत्याकाण्डमा एक जोडी दाम्पत्तीलाई प्रहरीले सार्वजनिक गरेको छ । शिक्षक विष्टको हत्याकाण्डमा बोहरा दाम्पत्तीलाई सार्वजनिक गरेको हो । अकार्की श्रीमतीलाई अंगालो हालेपछि बैतडीको पाटनस्थित कृष्ण माविका शिक्षक धनबहादुर विष्टको हत्या भएको पुष्टि भएको छ । हत्या आरोपमा पुर्चौडी नगरपालिका ३ न्वादेउकी विमला बोहरा र उनका श्रीमान प्रजा बोहरा पक्राउ परेका छन । उनीहरुलाई बुधवार पक्राउ गरिएको हो । विमला बोहरा कृष्ण मावि पाटनको छात्राबासमा कम्प्युटर डिप्लोमा अध्ययन गरिरहेकी थिइन्। प्रहरीका अनुसार शिक्षक विष्ट सोही छात्रावासको माथिल्लो तलामा बस्दै आएका थिए भने विमला भने तल्लो तलामा बस्दै आएकी थिईन । पुस १ गते राति शिक्षक विष्टले विमलामाथि अभद्र व्यवहार गरेको र त्यसपछि आफूले उनको हत्या गरेको विमलाका पति प्रजाले स्वीकार गरेका छन ।

प्रजाले प्रहरीलाई दिएको वयान अनुसार पुस १ गते राति विमला शौचालय जान्छु भनेर बाहिर निस्केकी थिईन। तर, ढिलो गरेपछि प्रजा उनलाई खोज्दै गएका थिए । खोजी गर्दा शिक्षक विष्टले विमलालाई अँगालो हालेको देखेपछि विष्टलाई मुक्का हानेर ढलाएको उनले बताएका छन । प्रजाले विष्टको छाती र मुखमा हानेको जिकिर गरेका छन्। विष्टको मृत्यु भएपछि शवलाई छात्रवासको पछाडि दुवै जना मिलेर फालेको प्रहरीको अनुसन्धानले देखाएको छ । शिक्षक विष्टको शव पुस २ गते दिउँसो फेला परेको थियो। मृतकका आफन्तले उनको हत्या भएको आशंका गरेपछि प्रहरीले घटनाको अनुसन्धान थालेको थियो। सो घटनाको अनुसन्धानका लागि सीआइबीको टोलीसमेत बैतडी पुगेको थियो । हत्या भएको भन्दै यस अघि विद्यार्थी स्थानीयले आन्दोलन गरेका थिए । उक्त घटनाले नजिकै व्यक्तिबाट अपराधका घटना हुने गरेको पुष्टी गरेको छ ।

ताजा समाचार

This will close in 10 seconds