काँग्रेस संसदीय दलको नेताका लागि देउवा र थापाको उम्मेदवारी


कञ्चनपुर: नेपाली काँग्रेस संसदीय दलको नेताका लागि पाटी सभापति शेर बहादुर र महामन्त्री गगन कुमार थापाले उम्मेदवारी दिएका छन । कांग्रेसको संसदीय दल निर्वाचनमा देउवा र थापाले उम्मेदवारी दिएका हुन । ससदीय दलको नेता चयनका लागि काँग्रेसले बुधबार गर्ने मतदानमा मंगलबार उम्मेदवारी दर्ता भएको हो ।
पार्टी सभापति एवं प्रधानमन्त्री देउवा र पार्टीभित्रको इतर समूहबाट थापाको उम्मेदवारी दर्ता भएको छ । देउवाका प्रस्तावकमा रामचन्द्र पौडेल र थापाकोे प्रस्तावकमा डा.शेखर कोइराला रहेका छन । थापाको समर्थकमा धनराज गुरुङ, विश्वप्रकाश शर्मा र प्रदीप पौडेल रहेका छन । संसदीय दलको नेता नै भावि प्रधानमन्त्रीका उम्मेदवार बन्नेछन ।


ताजा समाचार

spot_img