भूमि तथा कृषि अधिकार अभियान जिल्ला भेला तथा अगुवा प्रशिक्षण सम्पन्न



खडक काेली/कञ्चनपुर :  भूमि अधिकार मञ्च, कञ्चनपुर २०६३ साल देखी भूमिअधिकारवाट वञ्चित भूमिहिन, सुकुम्बासी, अव्यवस्थित बसोवासी, आरक्ष पीडित, बाढि पीडित, हलिया, छुट मुक्तकमैया, जोताहा एवं साना किसानको अधिकारको लागि निर्माण भएको संगठन हो । मञ्चले भूमिअधिकारबाट बञ्चित समुदायलार्इ संगठित गर्दै सुरक्षित अवास, अव्यवस्थित बसोबासीको व्यवस्थापन, मुक्त हलिया, कमैया र आरक्ष पिडितहरुको व्यवस्थापन, प्राकृतिका प्रकोपका कारण प्रभावित परिवारको ब्यवस्थापन र खाद्य, मानव र महिला अधिकारका साथै जिविकोपार्जनको सवालमा वकालत गर्दै सहजीकरणका लागी विभिन्न अभियान गरिरहेको छ ।

उक्त कार्यक्रममा सहभागी शुक्लाफाँटा, कृष्णपुर, बेदकोट, भिमदत्त, बलौरी नग।पालीका र बेलडाँडी, लालझाडी गाउँपालकिाका भूमिअधिकार मञ्चमा आबद्ध जिल्ला, गापा, नपा, वडा र गाउँटोलका पदाधिकारी, अगुवा, सदस्य, भूमिअधिकारकर्मीहरु लाई स्वागत जिल्ला भूमिअधिकार मञ्च कञ्चनपुरका सह सचिव जोग सुनारले र प्रशिक्षण कार्यक्रम सञ्चालन र सहजीकरण मञ्चका सुप प्रदेश सचिव राम बहादुर चुनारा गरेका थिए ।

प्रशिक्षणमा पहिलो शेसन संगठन अबस्था र प्रगति मापन, दोस्रो शेसन राजनीतिक दल, दलका भातृ संगठन, अन्य संघ संस्था हुँदा हुँदै सामाजिक आन्दोलन किन चाहिन्छ ?, तेस्रो शेसन भूमिअधिकारबाट बञ्चितहरुको पक्षमा भएका नितीगत व्यवस्था भूमिहिन दलित,भूमिहिा सुकम्बासी, अव्यवस्थित बसोबासीको लगत प्रमाणीकरण,जग्गा नापजाँच,दर्ता व्यवस्थापनको प्रक्रिया, र भू–उपयोग योजना तर्जुमा प्रक्रिया र चौथो शेसन संगठनात्मक विकासको योजना निर्माण( भेला,सदस्यता वितरण, नविकरण, जिल्ला सम्मेलन, उठीबास बिरुद्ध वकालत) बारे ४ वटा शेसन सञ्चालन भएका थिए ।

शेसन अनुसार ७ वटा पालीका तहको समूह निर्माण गरी समुहमा छलफल गरी पालीका स्तर को प्रस्तुती, सहभागितामुलक छलफल, अन्तरक्रिया, अन्तरसंवाद, विचार आदान प्रदान गरीएको थियो । साथै आगामी रणनीति सहित योजना निर्माण गरी जिल्ला, गापा, नपा, वडा र गाउँटोल मञ्च पदाधिकारी, अगुवा, सदस्यहरुको जिम्मेवारी बहन गरी स्थानिय,प्रदेश,संघिय सरकार र सरोकारवाला निकाय संग समन्वय, सहकार्य र सहकार्य गरी संगठन सुदृढीकरण, लगत प्रमाणीकरण,जग्गा नापजाँच,दर्ता व्यवस्थापनको प्रक्रिया, र भू–उपयोग योजना तर्जुमा योजना कार्यान्वयन गरिने सुदुर पश्चिम प्रदेश सचिव राम बहादुर चुनाराले बताएका छन ।

राष्ट्रिय भूमिअधिकार मञ्च नेपाल,जिल्ला कार्यसमिती कञ्चनपुरको आयोजनामा तथा सामुदायिक आत्मर्भिर सेवा केन्द्र, काठमाडौं को प्रावधिक, आर्थिक सहयोगमा जिल्ला अध्यक्ष कर्ण बहादुर बानिया को अध्यक्षता एवम मञ्चका पूर्व केन्द्रिय उपाध्यक्ष नन्दा जोशी ज्यूको प्रमुख आतिथ्यतामा एक दिने भूमि तथा कृषि अधिकार अभियान जिल्ला भेला तथा अगुवा प्रशिक्षण सम्पन्न भएको छ ।भूमिअधिकार मञ्चका जिल्ला सचिव शेर बहादुर टमटाले संगठन सदृढीकरण, भूमिहीन सुकुम्बासी, भूमिहीन दलित र अव्यबस्थित बसोबासी सम्बन्धि नीतिगत प्राबधानहरु, स्थानीय सरकारले तत्काल अगाडि बढाउनु पर्ने कदमहरु, उठीवास विरुद्ध रणनीतिक योजनासहितको अभियान अगाडि बढाउनका लागि अगुवा प्रशिक्षणको आयोजना गरिएको जानकारी गराएका थिए ।


ताजा समाचार

spot_img