जंगली हात्तीको बथानले लालझाडीका साउदको घर भत्कायो

कञ्चनपुर: जंगली हात्तीको बथानले कञ्चनपुरमा कतै मानविय, भौतिकदेखि अन्नबालीमा क्षति पु¥याईरहेको छ । गयराती जंगली हात्तीको बथानले लालझाडी गाँउपालिका ४ देखतभूली जाईका एक स्थानीयको घर भत्काईदिएको छ । देखतूभली जाईका स्थानीय मिनादेवी साउदको घर भत्काएको हो ।

साउदकी छोरी कमला साउदले रातीमा आएको हात्तीको बथानले घर भत्काउनुका साथै घरमा क्षति पु¥याईदिएको बताईन । ‘हामी हात्ती आउनेबेला भागेर बाँचे, ‘उनले भनिन, ‘घरका अन्य समाग्री भने नष्ट गरिदियो ।’ पछिल्ला बर्षहरु कञ्चनपुरमा जंगली हात्तीको बथानले मानवदेखि अन्य क्षति पु¥याउँदा समेत दिर्घकालिन रुपमा रोकथामका लागि प्रयास भएका छैनन ।

ताजा समाचार

This will close in 10 seconds