विद्यार्थी कविराज मृत्यु प्रकरण : २४ घण्टा पछि मृतक र बस धनीपक्षविच सहमती

कञ्चनपुर : कञ्चनपुरको सिसैयाका २१ बर्षिया किशोर विद्यार्थी कविराज बैज क्याम्पस जाने क्रममा पुर्व पश्चिम महेन्द्र राजमार्ग अन्र्तरगत बेदकोट नगरपालिका ७सुडामा यात्रु बहाक बसको ठक्करले मृत्यु भयो । बेदकोट नगरपालिका ६ सिसैयाका स्थानीय समेत रहेका महेन्द्रनगर कञ्चन विद्यामन्दिर सामुदायिक कलेज स्नातक तह बिबिएस प्रथम बर्षमा अध्ययनरत विद्यार्थी कविराजको बसको ठक्करबाट शुक्रबार बिहान ७ बजेतिर मृत्यु भयो । घरबाट क्याम्पस नपुग्दै विचबाटैमा कविराजको बसको ठक्करबाट मृत्यु भएपछि उनी स्कुले जिवनमा अध्ययनरत पुर्व भुवनेश्वर मावि र कञ्चनका विद्यार्थी सहित स्थानीयले दिनभर सडक अवरोध गर्दै आन्दोलन गरेका थिए । चालकको लार्पबाहीका कारण कविराजको ज्यान गएको भन्दै स्थानीय एव विद्यार्थी संघ संगठनले आन्दोलन गरेका थिए ।

महेन्द्रनगरदेखि दार्चुलाका लागि छुटेको महाकाली यातायात बहुउदेश्यीय प्रालिको ना ६ ख ६५२१ नम्बरको यात्रु बहाक बसको ठक्करले विद्यार्थी कविराज बैद्यको मृत्यु प्रकरण चर्किएको थियो । विद्यार्थीदेखि स्थानीय सडकमा उत्रिएपछि दिनभर अवस्था तनावग्रस्थ रह्यो । २१ बर्षिया कविराज घरदेखि क्याम्पस जाने क्रममा विचबाटैमा अस्थाए । शनिबार बिहानै मृतक पक्ष र बस व्यवसायी समितिका पदाधिकारीविच सहमती भएको छ । मृतक पक्ष र बसधनीविच २४घण्टा पछि सहमती भएसंगै मृतक पक्षले शव बुझ्न सहमती भएको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा मृत पक्ष, बसधनी र समिति विच घटनाको सत्यतथ्य छानबिन गरेर दोषि उपर कार्बाही गर्ने, मृतकले पाउने बिना रकम सहित किरिया खर्च उपलब्ध गराउने, आगामी दिनमा यस्ता घटना नदोहो¥याउने सहमती भएको छ । मृतकका काका यज्ञराज बैजले सहमती पछि शव बुझेर अन्त्येटी गर्ने बताए । कञ्चन विद्या मन्दिरका विद्यार्थी नेता एव अखिल क्रान्तिकारी कञ्चनपुरका नेता भुवन सिह विष्टले प्रहरी कार्यालयमा भएको सहमती अनुरुप आगामी दिनमा ट्राफिक प्रहरी र विद्यार्थीविच थप सवारी दुर्घटना न्यूनिकरण कसरी गर्ने विषयमा अन्तरकृया गर्ने सहमती भएको बताए ।

‘घटना कुनै उदेश्य मुलुक होईन, यो दुर्घटना हो, ‘उनले भने, ‘विद्यालय, क्याम्पस आउने जाने समयमा सवारी दुर्घटना कसरी रोक्ने विषयमा ट्राफिक प्रहरी, बस समिति र विद्यार्थीविच जनचेतनामुलक अन्तरकृया गछौँ ।’ कञ्चनपुरमा स्कुले विद्यार्थी सवारी साधनको ठक्करबाट मृत्युहुनेक्रम नरोकिएपछि चौतर्फि चिन्ता व्यक्त गरिएके छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक भरतराज गिरीले घटनाको अनुसन्धान भईरहेको बताए । उनका अनुसार चालक सन्तोष ऐर सहित बस नियन्त्रणमा लिएर घटनाको मुल कारण पत्ता लगाएर कार्बाही गरिनेछ ।

ताजा समाचार

This will close in 10 seconds