बजार व्यवस्थापनका लागि भीमदत्त नगरकी उपमेयर लेखक आफै फिल्डमा


कञ्चनपुर : बजार व्यवस्थापनका लागि भीमदत्त नगरकी उपप्रमुख निलम लेखक आफै फिल्डमा खटिएकी छिन । बजार क्षेत्रका ठेला, सब्जीमण्ड(तरकारी) बजार व्यवस्थापनका लागि उपमेयर लेखक आफै फिल्डमा खटिएर व्यवसायीसंग अनुरोध गरेकी हुन ।

उपमेयर लेखकले तरकारी बजार क्षेत्रभित्र पनि अनाधिकृत रुपमा संरचना बनाउने व्यवसायीलाई तरकारी मात्रै कारोबार गर्न र अनाधिकृत रुपमा टिण नलगाउन अनुरोध गरेकी छिन । यस्तै अनाधिकृत रुपमा लगाएका ठेला समेत उपप्रमुखले सही ठाँउमा लगाउनुपर्ने, फुटपातमा व्यवसायी नगर्न अनुरोध गरेकी छिन । बजार व्यवस्थापनका लागि उपप्रमुख लेखक आफै खटिएपछि नगरबासीले उनको प्रभावकारी काम गर्नुपर्नेमा सुझाव दिएका छन ।


ताजा समाचार

spot_img