कञ्चनपुरमा फेरी हात्ती आतङ्क

कञ्चनपुर : कञ्चनपुरमा फेरी जंगली हात्तीको आतङ्क रोकिएको छैन । गत भदौँमा कञ्चनपुर शुक्लाफाँटा नगरपालिका ७शिमलफाँटाकी मिना जोशीको ज्यान लिएको जंगली हात्तीले ६ महिना नवित्दै फेरी बेदकोट नगरपालिका १ हात्तीथलाकी एक बृद्ध महिलाको ज्यान लिएको छ ।

मंगलबार जंगली हात्तीको आक्र्रमणमा परी बेदकोट १ हात्तीथलाकी ६९ बर्षिया हिरा धानुकको मृत्यु भएको छ । बेदकोट नगरपालिका १का वडाध्यक्ष रमेश भण्डारीले घाँस दाउरा ल्याउन गएका बेला हिरामाथि जंगली हात्तीले आक्र्रमण गरेको बताए । हात्तीको आक्र्रंमणमा परी हिराको घटना स्थलमै मृत्यु भएको छ । ‘दुवै खुट्टा तोडिदिएको छ, ‘वडाध्यक्ष भण्डारीले भने, ‘घटना स्थलमा तोडफोड गरिदिएको छ ।’ मृतक हिराका छोरा उज्जल धानुकले घाँस दाउरा ल्याउन नजिकै सामुदायिक बैजनाथ मध्यवर्ती सामुदायिक वनमा गएका बेला हात्तीको बथानले आक्र्रमण गरी आमाको मृत्यु भएको बताए ।

‘आमा साँझसम्म पनि घर नआएपछि खोजी गर्दैँ जाँदा सामुदायिक वनकै कार्यालय नजिक मृत भेटाए, ‘उनले भने, ‘जंगली हात्ती गाँउ नजिकै आएर धपाईधपाई आक्र्रमण गरेको देखियो ।’ जंगली हात्ती नियन्त्रण नहुँदा कञ्चनपुरमा पछिल्ला दिनहरुमा मानविय तथा भौतिक क्षति भईरहेको छ ।

ताजा समाचार

This will close in 10 seconds