दोधारा चाँदनीका मेयर भन्छन्– ‘चुनौती बिच छोटो समयमै जनता संग गरेका प्रतिबद्धता पुरा गर्दैछु’

चुनावी अभियानका क्रममा जनता संग बाँचा गरेका कुरा क्रमिकरुपमा पुरा गर्दै आएका दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले बताउदै नगरपालिकाको बिकासका लागि आफू प्रतिबद्ध रहेको बताए । दोधारा चाँदनी नगरपालिकाका जनताका समृद्धि र बिकासनै आफ्नो एक मात्र लक्ष्य रहेको मेयर लिम्बुले बताएका छन् । यही  सेरोफेरोमा रहेर दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बु संग छोटो समयमा नगरपालिका कार्यालय गरेका नगरको समृद्धि र बिकास कार्यको पत्रकार पप्पु गुरुङ्ग संग गरिएको छोटो कुराकानी :-

– नगर प्रमुखमा निर्वाचित भएर आउनु भएकोमा बधाई छ ।
किशोर – धन्यवाद

– पहिलेको नगर प्रमुख भन्दा पृथक काम के गर्नु भएको छ ?
किशोर – ‘पाँच वर्षको कार्यकालमा हिजोको स्थानिय सरकारले गर्न नसकेका केही महत्वपूर्ण कामहरु आजको स्थानिय सरकारले सुरुवातको वर्षमै गर्न सफल भएको छ् । चार महिनाको अथक प्रयास पछि पहिलो पटक प्रारम्भीक वातावरणीय परीक्षण (आइइ) गर्न सफल भएर महाकाली नदीको रोयल्टीको ठेक्का रु. १ करोड १७ लाख २० हजारमा गराई नगरपालीकाको आन्तरिक आय श्रोत बाध्न स्थानिय सरकार सफल भएको छ् । ३ महिना लगाएर स्थानिय पाठ्यक्रम तयार गरी कक्षा १ देखी कक्षा ८ सम्म स्थानिय विषय वस्तुहरुको बारेमा पढाई सुरु गर्न सफल भएको छ् ।

– यहाँ विद्युतको समस्या छ, त्यो समस्यालाई कसरी हल गर्दै हुनुहुन्छ ?
किशोर – २०७४ सालमा विद्युतको नयाँ ११ हजार भोल्टेजको लाईन विस्तार गर्न भएको ठेक्का कार्यान्वयन गराउन नसक्दा ठकेदार भागेर जान बाध्य भयो । लोडसेडिङ, बिद्युत्त कटौती लगाएत कार्य जनतामा दिक्क भएको अवस्थामा अहिलेको हामी आफैले नेपाल विधुत प्राधीकरणको एमडीलाई काठमाण्डौ गएर भेटी सल्लाह गरी नया“ बाटोबाट रु. १ करोड ७० लाखको स्टिमेट गरेर बजेट माँग गरेको छ् । त्यसै सिलसिलामा बजेटको कुलमान सिंह घिसिंग संग व्यक्तिगत भेट समेत गरिएको छ् । बारम्बार फोनमा कुरा भईरहेको छ् ।

– महाकाली नदिको तटबन्ध, स्वास्थ्य समस्या र छाडा चौपायको बारेमा के भईरहेको छ । ?
किशोर – महाकाली नदिको तटबन्धको लागि जनताको तटबन्धको कार्यालयमा माँग गरी जगबुडा र महाकाली नदीको लागि रु. २८ करोडको ठेक्का गराउन र मलेरीया नाला र कुतीयाकवरमा रु. २/२ करोडको बजेट हाल्न स्थानिय सरकार सफल भएको छ् । प्राथमिक स्वास्थ्य केन्द्र हेल्थपोष्टमा ६ जना डक्टरहरु र थप स्टाफ नर्सहरुको व्यवस्था गरी बिरामी भर्नाका लागि १० शैयाको साथमा अप्रेशन तथा अन्तरंग सेवा संचालन गरी स्वास्थ्य केन्द्रलाई प्रस्तावित अस्पतालमा परिणत गर्न सफल भएको छौं । छाडाचौपायाको दिर्घकालीन व्यवस्थापनको लागि वडा नं. १ मा अहिले वडा नं. १ र २ वडाको छाडाचौपाया राखेर गौशाला संचालन गर्ने तयारी गर्न सफल भएको छ् । साथै शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयको कारणले ढिलो भए पनि छाडा चौपायाको खानपान व्यवस्थापन गरेर अन्य वडाहरुमा रहेका चौपायालाई २/४ दिन भित्रै सामुदायिक बन भित्र थुनेर राख्ने निर्णय गर्न स्थानीय सरकार सफल भएको छ् ।

– हाल जनताको सुविधाको लागि के–के कार्य भई रहेको छ ?
किशोर – सामाजिक सुरक्षा भत्ता वडा–वडामा पु¥याउन सफल भएको छौं । अब चाडै यस आर्थिक वर्षमा प्रत्येक वडामा रु. ५०/ ५० लाखको बजेट विनियोजन गरेको योजनाहरुको कार्यान्वयन पक्ष अघि बढ्ने छ् र विकास निर्माणका कार्यहरुको शुरुवात हुने कुरा पनि स्थानिय सरकार आदरणीय नगरवासीहरुलाई जानकारी गराउन चाहान्छु । अहिले विद्यालयहरुमा नगर प्रमुखको विद्यार्थीहरु संगको प्रत्यक्ष अन्तरक्रिया कार्यक्रम चलिरहेको समेत स्थानिय सरकार जानकारी गराउंन चाहान्छु । बिभिन्न सरकारी र गैरसरकारी संस्थाहरु संग समन्वय गरि नगरको बिकासको लागी कार्यक्रम संचालन गर्दै आएका छौं । भूमी बर्गीकरणको कामको लागि विज्ञ नआएको कारणले नगरपालीकाले समयमै काम गर्न नसक्दा जनताका जग्गा सम्बन्धी काम रोकिएको छ । तर अब विज्ञ चाडै आउने कुरा भर्खरै टुंगो लागेकोले अबको हप्ता १० दिनमै काम पूरा हुने कुरा पनि जानकारी गराईन्छ ।’

– अन्तमा भावी योजना र अहिले सम्मको उपलब्धी के के हुन ?
किशोर – यस अघिको स्थानिय सरकारले गर्न नसकेको कार्य र जग बसालेको अधुरा बिकासको काम पुरा गर्न आफु सदा कटिबद्ध रहेको छु  । नगर क्षेत्रमा रहेका थुप्रै काम पुरा गर्न बाँकी नै रहेको छ । नगरपालिकाको समृद्धि र बिकासको कार्यमा सबैको सहयोग र सहकार्यको आवश्यकता रहेको छ । सडकलाई पक्की बनाउने, नयाँ सडक खोल्ने, महाकाली नदी र जगबुडा नदीमा तटबन्ध निमार्ण गर्ने, विद्यालयको स्तरउन्ती गरिने, खानेपानीको सुधार, स्वास्थ्य क्षेत्रलाई आधुनिकरण, रोजगारीको अवसर सिर्जना गरिने, बसाई सराईलाई रोक्ने, कृषीको आधुनिकीकरण, सम्भावना हेरेर ब्यवसायिक तरकारी खेती सञ्चालन गर्ने आगामी योजना रहेको छ । त्यस्तै पर्यटकीय सम्भावनाको अध्ययन गरी आवश्यक कदम चालिने छ । छाडा चौपाया व्यवस्थापन, गुणस्तरीय शिक्षा, सर्वसुलभ स्वास्थ्य सेवा, खेल मैदानको स्तरोन्नती, नगर स्तरीय खेल मैदान निर्माण, खेलाडी उत्पादन गर्ने उनको भनाई छ् । सुख्खा बन्दरगाह निर्माणका लागि संघ सरकार संग पहल गर्ने उनको भनाई छ । ‘सुख्खा बन्दरगाह निर्माणमा पहल गर्छौ,’ ‘त्यो चाडै निर्माण गरी युवालाई रोजगारी दिन्छौं ।’ युवालाई कृषिमा लगाएर आत्मनिर्भर बनाउने सोच छ् । आफ्नो ५ वर्षे कार्यकालमा उपलब्ध स्रोत साधनको सदुपयोग गर्दै नगरको आय आर्जन वृद्धि गरेर दोधारा चाँदनीलाई समृद्ध बनाउने लक्ष्य रहेको छ । गर्भवती महिलाहरुलाई निःशुल्क एम्बुलेन्स सेवा, अठार नम्वर पिल्लर बस्तीमा बिद्युत सेवा बिस्तार, स्थानिय पाठ्यक्रम निमार्ण, आन्तरीक आय श्रोत बढाउने, छाडा चौपाया नियन्त्रणको लागी गौशाला निमार्णको सुरुवात लगाएत कार्य छोटो समयमा गरेका प्रमुख कार्यहरु हुन् ।

ताजा समाचार

This will close in 10 seconds