यि हुन कञ्चनपुरबाट समानुपातिक तर्फ सय मत पनि नकटाउने दलहरु

कञ्चनपुर : ४ मंसिरमा सम्पन्न भएको प्रदेश तथा प्रतिनिधी सभा सदस्य निर्वाचनमा कञ्चनपुरमा समानुपातिक तर्फको समेत मत परिमाण सार्वजनिक भएको छ । जिल्लाका तीनै निर्वाचन क्षेत्रमा प्रतिनिधी तथा प्रदेश सभा सदस्यको निर्वाचन सार्वजनिक भएको हो ।
मुख्य निर्वाचन अधिकृत एव निर्वाचन अधिकृतको कार्यालयले समानुपातिक तर्फको मत परिमाण घोषणा गरिसकेका छन । मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत तारा प्रशाद शर्माले सबै क्षेत्रबाट प्रदेश र प्रतिनिधी सभा सदस्यको समानुपातिक तर्फको मत परिमाण सार्वजनिक गरिएको बताए ।
सहायक निर्वाचन अधिकृत शर्माका अनुसार प्रदेशमा ३४ र प्रतिनिधी सभामा ४७ राजनीतिक दलले भाग लिएका थिए । जसमध्ये अधिकाँस राजनीतिक दलले एक सय मत समेत कटाउन सकेका छैनन । यस पटक पनि नेपाली काँग्रेस कञ्चनपुरमा सबैभन्दा ठुलो दल बनेको छ । अघिल्लो पटक पनि काँग्रेस यस जिल्लामा समानुपातिक तर्फ पहिलो दल बनेको थियो । काँग्रेसले दुवै निर्वाचनमा समानुपातिक तर्फ आफुलाई पहिलो दल निरन्तरता दिएको छ ।
काँग्रेसले ५३ हजार, ३०, दोस्रोमा एमाले ४४ हजार, ८२२, तेस्रोमा नेकपा माओवादी केन्द्र २१ हजार ८ सय ३७, चौथोमा राष्ट्रिय स्वतन्त्र पार्टी १४ हजार, ४२४, पाचौँ राप्रपा १२ हजार ९४५, छौटौँ नागरिक उन्मुक्ति पार्टी ८ हजार, १ सय ३९ र सातौमा नेकपा एकीकृत समाजवादीले ६ हजार, ९५५ मत पाएको छ ।
कञ्चनपुरका अधिकाँस राजनीतिक दलहरुले एकसय मत समेत कटाउन नसकेका छैनन । संघीय तर्फ ३६ र प्रदेश तर्फ २२ राजनीतिक दलले एक सय मत समेत कटाउन नसकेका हुन । सघीय तर्फ क्षेत्र १ मा ३६, २ मा २४ र ३ मा २८ राजनीतिक दल र प्रदेश तर्फ क्षेत्र १ मा १६, २मा २२ र ३मा १६ राजनीतिक दलले सय मत कटाउन नसकेका हुन ।
क्षेत्र १, २ र ३ क्रमस संघीय तर्फ जसपा नेपाल ५१, ९४, नेमकिपा ५७, जनमत पाटी ९४, ७३, मौलिक जरोकिलो १९, २३, ७९, नेपाल समावेसी पाटी १३, ३३, १३, हाम्रो नेपाली पाटी ६६, जनता प्रगतिशिल पाटी ११, २५, २७, राप्रपा नेपाल १३, ४७, ४९, मंगोल नेशनल अर्गनाईजेशन १९, २२, ११, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च ४७, ३९, ४७, नेशनलिष्ट पिपल्ल पाटी ४, ९, १७, नेकपा समाजवादी माअ‍ोवादी ७१, ७ राष्ट्रिय नागरिक पाटी ४४, नेपालका लागि हाम्रो नेपाल पाटी १७, नेपाल लोकतान्त्रिक पाटी ८, राष्ट्रिय जनमुक्ति पाटी २२, २५, ६, जनता प्रगतिशिल पाटी ११, नेपाली काँग्रेस विपी १५, सघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च ७, २१, १६, बहुजन शक्ति पाटी नेपाल ५, २४, १४, विवेकशिल साझा पाटी १३, १८, १७, नेपाल संघीय समाजवादी पाटी २६, ८, समाजिक एकता पाटी ३, ५४, ८, नेपाल आमा पाटी १५, ७०, ४, नेपाल जनता दल १५, ९, जन समाजवादी पाटी नेपाल ३९, १२, एकीकृत शत्तिः नेािल ७, १०, १४, नेपाल संघीय समाजवादी पाटी ७, १०, १४, जनजागरण पाटी ५२, १७, २४, नेपाल दलित पाटी १६, ३४, १७, आमुल परिर्वतन पाटी नेपाल १७, १२, ८, सचेत नेपाली पाटी २४, २२, ५२, नेपाली जनता दल ६०, ८८, ४७, जन समाजवादी नेपाल ४२, २४, ३३, मितेरी पाटी ३, नेपाल माक्सवाद (पुष्पलाल २६, तमोलोपा ७, राष्ट्रिय मुक्ति आन्दोलन नेपालले २८ मत पाएका छन । संघ तर्फ जिल्लाभरी ३ लाख २ हजार ५०९ मतदाता मध्ये १ लाख, ८७ हजार ४२९ मत खसेको थियो ।
यस्तै प्रदेश तर्फ क्रमस क्षेत्र १, २ र ३मा सय भन्दा कम मत ल्याउने दर्जनौँ राजनीतिक दलहरु रहेका छन । मौलिक जरोकिलो ४६, ८८, जनता प्रगतिशिल पाटी नेपाल २०, ६५, ९१, नेकपा माओवादी समाजवादी ७२, २५, ३७, राष्ट्रिय नागरिक पाटी ७१, नेपालका लागि नेपाली पाटी ४१, ५९, ५२, राप्रपा नेपाल ३१, १३, नेकपा माले ३०, मंगोल नेशनल अर्गनाईजेशन १६, ९, ३०, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च २०, नेपाल मजदुर किसान पाटी ८०, २९, नेशनलष्टि पिपल्स पाटी ६, ३, ८३, नेपाल लोकतान्त्रिक पाटी ४०, १६, १७, राष्ट्रिय जनमुक्ति पाटी १५, ६, १९, नेपाली काँग्रेस विपी ३९, ६१, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च(थरुहट) १५, ८, १९, बहुजन शत्तिः पाटी २३, ८, २१, विवेकशिल साझा पाटी ४८, २०, ४८, नेपाल संघीय समाजवामदी पाटी ८, २, ९, जनजागरण पाटी नेपाल ७५, १५, ३७, नेपाल जनता दल ७२, ६०, ६६, जन समाजवादी पाटी नेपाल ८२, १५, ५५, नेपाल सुशासन पाटीले ७०, ४१मत ल्याएको छ । जिल्लाका ६ वटै प्रदेश तर्फ पनि ३ लाख २ हजार ५०९ मतदाता मध्ये १ लाख, २८ हजार ८८६ मत खसेको थियो । संगठन नभएका र जनतामा परिचित नभएका राजनीतिक दलहरुले चिन्ताजनक मत ल्याएका छन ।

ताजा समाचार

This will close in 10 seconds