युवा संघ नेता विष्टलाई पितृ शोक


कञ्चनपुर ; नेकपा एमाले निकट राष्ट्रिय युवा संघ कञ्चनपुरका एक नेतालाई पितृ शोक परेको छ । राष्ट्रिय युवा संघ नेपाल कञ्चनपुरका सचिवालय सदस्य महेश विष्टलाई पितृ शोक परेको हो ।
युवा संघका नेता विष्टका बाबु बिरसिह विष्टको १० मंसिरमा आकस्मिक निधन भएको थियो । भीमदत्त नगरपालिका ७हल्दुखाल निवासी बिरसिहको ५८बर्षको उमेरमा निधन भएको हो । मृतक विष्ट पुर्व सेवानिवृत सुरक्षाकर्मी हुन ।उनको निधन भएसंगै विष्ट परिवार सहित आफन्त शोकमा डुबेका छन । युवा संघ नेता विष्ट हल्दुखाल स्थित महाकाली जनसेवा माध्यामिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हुन ।


ताजा समाचार

spot_img