बझाङ बुङ्गलकी १५ बर्षे किशोरीमाथी जबर्जस्तीकरणी :आरोपीतलाई बचाउन वडा अध्यक्ष ,मेयर ठूलो सहयोग


बझाङ ; बझाङ बुङ्गल नगरपालिका मा गत श्रावणको पहिलो साता बुंगल नगरपालिकाकी एक १५ वर्षिय नाबालिका माथी जवर्जस्तिकरणी भएको थियो ।पिडित भनिएकी बालिका कमजोर मनस्थितिकि थिइन् । घरबाट घाँस काट्न जाँदै गर्दा बलात्कारीको फन्दामा परेकी १५ वर्षीया किशोरीलाई आरोपितले सो घटना कतै नभन्न कतै भने मारिदिने धम्की समेत दिएका थिए।

पिडितको बुबा वैदेशिक रोजगारीमा छन् । घरमा अभिभावक आमा मात्र छन् जून पुर्ण रुपमा अपांग छन् । घटना घटेको तीन महिनासम्म किशोरीले कसैलाई बताइनन् तर तीन महिना पछि पेटको आकार बढ्दै गएपछि घर हुँदै गाउँटोलसम्म पुग्यो ।

पिडितलाइ परिवार र छिमेकीले धेरै चोटी पेटको बच्चा कस्को हो भनेर सोधेपछी किशोरीले आफूमाथी तीन महिना अघि नै जवर्जस्तिकरणी भएको कुरा खुलाइन र भनिदिए मार्ने धम्किका कारण आफुले भन्न नसकेको कुरा खुलाइन् । आरोपित भनिएका बुंगल नगरपालिका वार्ड नं १ कचालिका २८ वर्षिय भरत बोहरा उनले झन्डै चार महिना अघि गाउँकै नाता पर्ने कमजोर मनस्थिति भएकी एक नाबालिका माथी जबर्जस्तिकरणी गरेको खुल्न आएको छ।

कसैलाई भनिदिए मार्ने धम्की दिएकोले कसैलाई भन्न नसकेको किशोरीले बताइन् । घटना घटेको झन्डै चार महिना पछि सो कुराले पुरै गाउँ नै तात्यको छ । कुरा गाउँसम्म रहेन गाउँ देखी जिल्ला प्रहरी सम्म पिडितको जाहेरी पुग्यो । पिडितको जाहेरी पछि जिल्ला प्रहरी बझाङको टोलि बुंगल नगरपालिकामा पिडकका आरोपितलाई पक्राउ गर्न गयो । पक्राउ परेका आरोपित बोहरालाइ पक्राउ गरेको आधा घाण्टामै प्रहरीले सोही ठाउँमा छोडिदिएको स्थानीयहरुले बताएका छन । पक्राउ गरेपछि उक्त नगरपालिकाका मेयर जयबहादुर धामी र सोही वडाका वडाध्यक्ष कसुवा बोहराद्वारा प्रहरी प्रशासनलाई आरोपित भरत बोहरालाई छोड्न लगाएको स्थानीयको आरोप छ ।

घटनाबारे बुझ्दा जिल्ला प्रहरी प्रमुख जागेश्वर भन्डारिले आरोपितलाई पक्राउ गरेपनी स्थानीयले आरोपितलाई कुट्न जाँदा आरोपित प्रहरीको हातबाट भागेको हुन् भन्ने जस्तो जवाफ दिए ।


ताजा समाचार

spot_img