प्रदेश तथा प्रतिनिधी सभा सदस्य नवनिर्वाचित उम्मेदबाहरुलाई प्रमाणपत्र वितरण

महेन्द्रनगर : सोमवार एक कार्यक्रमको आयोजना गरि भीमदत्त नगरपालिकाको सभा हलमा विजयी भएका प्रदेश तथा प्रतिनिधी सभा सदस्यहरुलाई प्रमाणपत्र वितरण गरिएको छ । मतपरिणाम अनुसार प्रतिनिधी सभामा निर्वाचन क्षेत्र नम्वर १ बाट नेकपा एमालेबाट तारालामा तामाङले २४ हजार ८ सय ९२ मत लिएर निर्वाचित भएका छन् भने निर्वाचन क्षेत्र नम्वर २ बाट नेपाली काँग्रेसका नारायणप्रकाश सावदले २८ हजार ९ सय मत लिएर विजयी भएकाथिए भने, निर्वाचन क्षेत्र नम्वर ३ बाट नेपाली काँग्रेसका रमेश लेखकले ३० हजार ५ सय २३ मत लिएर निर्वाचित भएका छन् ।

यसै गरी प्रदेश सभा तर्फ निर्वाचित हुने सदस्यहरुमा निर्वाचन क्षेत्र नम्वर १ को क बाट नेकपा एमालेका बिरबहादुर सावद, निर्वाचन क्षेत्र नम्वर १ को ख बाट नेपाली काँग्रेसका दिवान सिंह विष्ट निर्वाचन क्षेत्र नम्वर २ को क बाट नेकपा माववादी केन्द्रका ओमबिक्रम भाट, निर्वाचन क्षेत्र नम्वर २ को ख बाट नेपाली काँग्रेसका बहादुरसिंह थापा, निर्वाचन क्षेत्र नम्वर ३ को क बाट नेकपा एकिकृत समाजवादीका प्रकाश रावल, निर्वाचन क्षेत्र नम्वर ३ को ख बाट नेपाली काँग्रेसका बेलबहादुर राना मगर विजयी भएका छन् । उक्त कार्यक्रममा आफनो मन्तव्य राख्दै नवनिर्वाचित प्रतिनीधी सभा सदस्य रमेश लेखकले निर्वाचन पारदर्शी, शान्तीपूर्ण समन्वयात्मक किसिमले सम्पन्न भएको छ र यसैगरी लोकतन्त्रको उच्चतम अभ्यासलाई कार्यान्वयन गर्नको निमित्त सम्पन्न भएको निर्वाचनमा यो निर्वाचनलाई असल ढंगले सम्पादन गर्नको निमित्त नेपाल सरकार, निर्वाचन आयोग सुरक्षा, निकाय राष्टिय सेवक कर्मचारी, पत्रकार लगायत सबै तह र बर्गका आम जनमानसको अतुलनिय भुमिका अत्यन्त प्रशंसनिय तथा सराहनिय रहेको बताए ।

लोकतन्त्रको चिरस्थायी बनाउनको लागि सबै नवनिर्वाचित प्रतिनीधी सभा सदस्य प्रदेश सभा सदस्यहरुले लाग्नुपर्ने बताए । अब प्रतिष्पर्धाको समय सकिएको छ, हामी निश्चित राजनितिक ब्यानरमा झण्डामा राजनितिक प्रतिष्पर्धाको समय समाप्त भएको बेलामा अब उपरान्त सबैले मिलेर कञ्चनपुर जिल्लाको समग्र विकासममा केन्द्रित भएर पक्ष प्रतिपक्ष विजयी उपविजेता हामी जो भएपनि एक अर्का सँग समन्वय गरेर हातेमाले गरेर यो जिल्लाको समग्र विकासको लागि एक भएर लाग्नु पर्ने बताए । सबै मिलेर कञ्चनपुर जिल्लाको विकासमा समर्पित हुने आफुले विस्वास लिएको बताए । नवनिर्वाचित प्रतिनीधी सभा सदस्य नारायणप्रकाश सावदले प्रजातन्त्रमा शासन संचालनका लगि जनता नै अन्तिम निणर्य मान्य हुने भएकाले स्वस्थ प्रतिष्पर्धाको माध्यमबाट भएकोनिर्वाचनप्रतीसम्पुर्णलाई धन्यवाद व्यक्र गरेका छन् । साथै आम जनताले दिएको अमुल्य मत तथा मायाको सदैव कदर गर्दै सबैले कार्य गर्नुपर्ने बताए ।

जितहार भएपनि सबैले मिलेर साथ दिएर यो समाज समुदायमा विकासको कार्य गर्ने र संबिधानको दोस्रो निर्वाचनमा सबैले आफनो संबिधानलाई संस्थागत तथा देशकोविकास जनताको सहभागिताले सम्पनन हुने भएकाले सबै राजनितकि दलका साथीहरुको सहमती अनुसार काम गर्ने बताए । यसैगरी, नवनिर्वाचित प्रतिनीधी सभा सदस्य तारालामा तामाङले जनताको शासक नभएर जनताको सेवक भएर काम गर्नुपर्ने अवस्था आएको बताए । जित जनताले दिलाएको भएर उनिहरुको सेवकको रुपमा निर्वाचितसबै सदस्यहरुले कार्य गर्नुपर्ने बताए ।

ताजा समाचार

This will close in 10 seconds