कञ्चनपुर: कञ्चनपुरमा सुदूरपश्चिम प्रदेश स्तरिय बार काउन्सिल बार्षिक गतिबिधी तथा कानुन व्यवसायीका लागि आचार संहिता सम्बधी छलफल आयोजना गरिएको छ । नेपाल कानुन व्यवसायी परिषद्ले प्रदेश स्तरिय बार काउन्सिल बार्षिक गतिबिधी तथा कानुन व्यवसायीका लागि आचार संहिता सम्बधी छलफल आयोजना गरेको हो । नेपाल कानुन व्यवसायी परिषद्का सदस्य प्रकास पाण्डेयले प्रदेशमा सबै जिल्लाका कानुन व्यवसायीको उपस्थितिमा आचार संहिता सम्बधी अन्तरकृया गरिएको बताए । पाण्डेका अनुसार कानुन व्यवसायीको कार्यालय दर्ता नवीकरण र आचारसंहितामा छलफल लगायतका बिसयहरुमा छलफल गरिएको छ ।

कार्यक्तमका प्रमुख अथिति महान्यायाधिवक्ता खम्म बहादुर खाती बिशिष्ठ अतिथि क्रमशः नेपाल बार एशोसिएशनका अध्यक्ष एबम काउन्सिलका उपाध्यक्ष वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे , उच्च अदालत दिपायल महेन्द्रनगर इजलासका प्रमुख न्यायाधीस राजेन्द्र सुबेदी , न्यायाधीस कृष्णलाल भट्टराई , नेपाल बारका पुर्ब कार्यबाहक अध्यक्ष वरिष्ठ अधिवक्ता राजेन्द्र बहादुर साउद , सुप बिश्वबिद्धालय कानुन संकायका डिन वरिष्ठ अधिवक्ता कर्ण बहादुर थापा, सुप सरकारका मुख्य न्यायाधिवक्ता कुलानन्द सहितले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रम संचालन उच्च बार महेन्द्रनगरका अध्यक्ष यज्ञ राज जोशी , स्वागत मन्तव्य जिल्ला बार कंचनपुरका अध्यक्ष कृष्ण देव जोशी र कैलाली बारका अध्यक्ष सिद्ध राज ओझाले धन्यवाद ज्ञापन गरेका छन । कार्यक्तममा न्यायाघिश सहित सुुप प्रदेशभरीका कानुन व्यवसायीको उपस्थिति रहेको थियो ।







