अयडीका हत्यारालाइ सार्वजनिक गर भन्दै कंचनपुरमा विरोध प्रर्दशन


बिरेन्द्र बाग: महेन्द्रनगर / कंचनपुर एमाले निकट विधार्थी नेता चेतन अयडीका हत्यारालाइ सार्वजनिकको माग अघि सार्दै कंचनपुरमा बिरोध प्रर्दशन गरेको छ। आइतबार सुदुरपश्चिम विश्वविद्यालय केन्द्रिय क्याम्पस अगाडि अनेरास्ववियु निकट विधार्थीहरुले प्रर्दशन गरेका छन ।

यही मसीर ४ गते सप्पन्न भएको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा बाजुरा त्रीवेणी नगरपालिका ७ मा अनेरास्ववियु सचिवालय सदस्य तथा सुदुरपश्चिम विश्वविद्यालय राष्ट्रिय कमिटी अध्यक्ष चेतन अयडीको घर भित्र घुसेर हत्या गरीएको भन्दै छिटोभन्दा छिटो हत्यारालाइ सार्वजनिकको माग गर्दै विरोध प्रर्दशन गरेकाछन । अनेरास्ववियु सुदुरपश्चिम विश्वविद्यालय राष्टिय कमिटी उपाध्यक्ष रविन नाथले हात्यारालाई छिटोभन्दा छिटो सार्वजनिकको माग अघि सारेर विश्वविद्यालयको मुल गेटमा कालो व्यानर टास्नुका आथै विरोध प्रर्दशन गरिएको उपाध्यक्ष नाथले बताए । अयडीका हत्यारालाई सार्वजनिक नगरे आफुहरु थप शसक्त आन्दोलन गर्ने चेतावनी सहित दिएका छन।


ताजा समाचार

spot_img