एमाले निकट विद्यार्थी नेता चेतनका हत्यारा सार्वजनिकको माग राख्दै प्रर्दशन


कञ्चनपुर: एमाले निकट विद्यार्थी नेता चेतन अयडीका हत्यारा सार्वजनिकको माग अघि सार्दै कञ्चनपुरमा बिरोध प्रर्दशन गरिएको छ । आइतबार सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पस अगाडी अनेरास्ववियुले बिरोध प्रर्दशन गरेको हो ।

४ मंसिरमा सम्पन्न भएको प्रदेश तथा प्रतिनिधी सभा सदस्य निर्वाचनमा बाजुरामा अनेरास्ववियु सचिवालय सदस्य तथा सुप विश्वविद्यालय राष्ट्रिय कमिटि अध्यक्ष अयडीको हत्या गरिएको भन्दै हत्यारा सार्वजनिकको माग अघि सारेर बिरोध प्रर्दशन गरिएकोछ ।

अनेरास्ववियु सुदूरपश्चिम विश्वविद्यालय राष्ट्रिय कमिटि उपाध्यक्ष रबिन नाथले हत्यारा सार्वजनिकको माग अघि सारेर क्याम्पस मुल गेटमा कालो ब्यानर टाँस्नुका साथै बिरोध प्रर्दशन गरिएको बताए । उनले चेतनका हत्यारा सार्वजनिक नगरि थप आन्दोलन गर्ने चेतावनी दिएका छन ।


ताजा समाचार

spot_img