कञ्चनपुर: सबैको बचत तथा ऋण सहकारी संस्था लि।ले आफ्नो १३ औ वार्षिक साधारण सभा तथा पाचौं अधिवेशन सफलता पूर्वक सम्पन्न गरेको छ । विगत १३ वर्षको अवधिमा आफ्नो क्षेत्रमा महत्वपूर्ण भूमीका निर्वाह का साथ स्थानीय जनताको उन्नति र प्रगतिमा हातेमालो गर्दै आएको उक्त संस्थाले सफलता को १३ वर्ष पूरा गरि १४ औ वर्षमा प्रवेश गरेको छ । उल्लेख्य सदस्य हरूको उपस्थिति रहेको उक्त सभालाई अध्यक्ष गोविन्द बहादुर स्वार भीनपा। सहकारी विभाग प्रमुख विमला भाट अधिवक्ता उमेश प्रसाद विष्ट, उपाध्यक्ष कमला पाण्डेय लगायतका वक्ताहरुले सम्बोधन गर्नु भएको थियो । सो संस्थाको आ.व. ०७८/०७९ को प्रगति प्रतिवेदन अध्यक्ष गोविन्द बहादुर स्वार ले, आर्थिक प्रतिवेदन कोषाध्यक्ष रविन्द्र के।सी। ले वाचन गर्नु भएको दियो ।


शुक्रवार कञ्चनपुर निर्माण व्यवसायी संघको सभा कक्षामा भएको बन्द सत्रबाट सो संस्थाको नयाँ संचालक समितिका सबै संचालकहरू निविरोध निर्वाचित हुनु भएको व्यहोरा निर्वाचन अधिकृत उमेश प्र।भट्टले घोषणा गर्नु का साथे ग्रह सबै संचालक सदस्यहरु लाई सपथ गराउनु भएको थियो। निर्वाचित सदस्यहरुमा अध्यक्ष पदमा रवि रविन्द्र के।सी।उपाध्यक्ष कमला पाण्डेय सचिव राम बहादुर कुवर सह सचिव अमर सिहं चौधरी कोषाध्यक्ष बाल कृष्ण श्रेष्ठ सदस्य
सरिता सिंह भण्डारी मञ्जु शाही, ललित केसी। र निर्मला जोशी रहनु भएको छ । प्रमुख अतिथि भीनपा। सहकारी विभाग प्रमुख विमला भार विशिष्ट अतिथि उमेश प्रसाद जोशी, लक्ष्मण तिवारी रहनु भएकोसो सभा लाई उपाध्यक्ष कमला पाण्डेयले शुभकामना व्यक्त गर्नु भएको थियो भने सो सभाको अध्यक्षता गोविन्द बहादुर स्वारले ले गर्नु भएको थियो उक्त सभा को संचालन संचालन विशन देव जोशीले गर्नु भएको थियो ।








