चुनाव हारे पनि जनताको मन जित्न सफल : ऐन महर


बिरेन्द्र बाग /बझाङ : अनेरास्ववियु का पुर्व केन्द्रिय अध्यक्ष तथा नेकपा एमालेका केन्द्रीय सदस्य बझाङ जिल्ला सह–इन्चार्ज ऐन महरले चुनाव हारे पनि जनताको मन जित्न सफल भएको बताएका छन्।  महर गठबन्धन साझा उम्मेदवार भानुभक्त जोशीसँग यहि मसिर ४ गते भएको प्रतिनिधिसभा सदस्यमा पराजित भएका थिए। चुनाव हारेपनि आफू जनतासंगै सुखदुःख मा सधै साथ सहयोग गर्ने उनले बताए । प्रत्येक पालिकामा आजबाट नै मतदातासँग भेट्घाट गरी धन्यवाद ज्ञापन कार्यक्रम सुरु गर्ने उनले जयपृथ्वी संवादमा बताएका छन।

महरले चुनाव हारे पनि जनताको मन र राजनीति जितेको बताए। ‘एमालेलाई जिल्लामा अझै अगाडि बढाउने थप जिम्मेवारी पनि मेरो काँधमा आएको छ।’ उनले भने। जनताले दिएको यति धेरै माया र मतबाट आफू भावविभोर भएको महरको भनाई छ बझाङी आमाबुबा ,दाजुभाइ दिदीबहिनी,युवा हरुको मत परिवर्तनको पक्षमा उभिएको प्रष्ट देखियो। हाम्रो पार्टी प्रत्यक्ष मा परातित भए पनि समानुपातिक मा पहिलो पार्टी बनेको छ । र यो परिणामबाट धेरै हतोत्साही नहुन आफ्ना कार्यकर्तालाई अनुरोध गरेका छन । जोशीले २८१४३ मत ल्याएर बिजयी भए भने महरले २७१४५ मत झन्डै ९सय ९८ मत ले पराजित भएका थिए ।


ताजा समाचार

spot_img