कञ्चनपुर : कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ (क) प्रदेश सभा सदस्यका उम्मेदवार दिवान आग्रीले पत्रकार सम्मेलन मार्फत जनताहरुलाई निर्वाचनमा आफुलाई सहयोग गर्ने नगर्ने सबै प्रति हार्दिक आभार व्यक्त गरेका छन् । निर्वाचन मत परिणाम पछि विहीबार पत्रकार सम्मेलन गर्दै आफुले पाएको एक भोट भए पनि जनताको मतको कदर गर्ने आग्रीले बताए । म हारे पनि जिते पनि जनताको सेवाको लागि सधै तयार छु । उनी एक घर एक रोजगारी र आफुले पाउने सेवा सुविधा अनाथवालवालिका सहयोग गर्ने प्रतिबद्धताका साथ चुनावमा उठेका थिए ।

दिवान सिह आग्रीले २ सय ७१, मत ल्याउदा निर्वाचित हुने क्षेत्र ३(क) का सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री समेत रहेका प्रकाश रावलले ८ हजार, १ सय ६३, मत ल्याएका थिए उनि सँग प्रतिस्पर्धा गर्ने (एमाले–राप्रपा) गठबन्धनका धर्मराज जोशीलाई १ हजार, ७ सय ४९ र (माओवादी–काँग्रेस) गठबन्धनका टेकेन्द्र प्रशाद भट्टलाई २ हजार, ४ सय ८९ मत त्यसैगरी मौलिक जरोकिलो पाटीका मोहन सिह धामीले २ सय २८, नेकपा मालेका पदम सिह खत्रीले ३ सय ७४, नेपाल मजदुर किसान पाटीका सुरेन्द्र दमाईले ८५, काँग्रेस बागी पिताम्बर जोशीले १ हजार ९ सय २५, अर्का काँग्रेसकै बागी गोपाल सिह बुढापालले १ सय ५१, नेकपा एकीकृत समाजवादीका बागी लोक विक्रम थापाले ६ सय ३७ र महादेव भट्ट १३ मत ल्याएका थिए ।

आफु निर्वाचनमा पराजय भए पनि आफु सधैं जनताको सेवामा लाग्ने आग्रीले बताए ‘ ‘जनतालाई समस्या परेको बेलामा राति १२ बजेको भए पनि गएर सेवा दिने उनले बताए । ‘अब आफुले बनाउदै गरेको नेपाल–भारत सिमा क्षेत्र गड्डाचौकीको प्रवेशद्धार निर्माण कार्यमा लाग्ने र त्यसको आर्कषण देखिने डिजाईनमा सहयोगका लागि प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग डडेल्धुराबाट प्रतिनिधि सभाको निर्वाचनमा पराजित भएका स्वतन्त्र उम्मेदवार ईन्जिनियर सागर ढकाल सँग पत्रकार सम्मेलन मार्फत आग्रह गरेका थिए ।’,







