परिवर्तन आधार युवा जनशक्ति मञ्च नेपालको कञ्चनपुरमा चुनावी पर्यवेक्षण प्रभावकारी

कञ्चनपुर जिल्लामा मत गणना जारी ३ र २ मा गठबन्धनको अग्रता, १ मा एमालेको सुरुवाती अग्रता कायमै

कञ्चनपुर:जिल्लाको क्षेत्र नम्बर १,२,३ मा पनि निर्वाचन सम्पन्न संगै मतगणना जारी रहेको छ।
आइतबार सम्पन्न प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन मतदान कार्यक्रम पहिला भन्दा उत्साह जनक नरहेको परिवर्तनका आधार युवा जनशक्ति मञ्च नेपालका राष्ट्रिय पर्यवेक्षण लोकेन्द्र सिंह धामिले बताएका छन् ।May be an image of 5 people, people standing and outdoors
जिल्लामा परिवर्तनका आधार युवा जनशक्ति मञ्च नेपालकाले चुनाव लाई मध्यनजर गर्दै राष्ट्रिय पर्यवेक्षण खटाएको थियो। पर्यवेक्षणको क्रममा स्थानीय तह भन्दा पनि मत निकै कम खसेको छ। गत ३० बैशाखमा स्थानीय तह निर्वाचन सम्पन्न भएको ६ महिना पछि ४ मंसिरमा प्रदेश तथा प्रतिनिधी सभा सदस्य निर्वाचन भयो ।May be an image of 8 people, people standing and outdoorsअघिल्लो निर्वाचन भन्दा अहिले ७ हजार १५५ मतदाता बढे तर, मतदाताको संख्या बृद्धि भएपनि मतदान भने उत्साहजनक रुपमा नभएको पाईएको छ । गत स्थानीय तह निर्वाचनमा ६५ प्रतिशत मत खसेपनि अहिले ६२.२७ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मुख्य निर्वाचन अधिकृत धुव्र कुमार शाहले अहिलेका रिर्पाटिङ्ग अनुसार जिल्लामा ६२.२७ प्रतिशत मत खसेको बताए ।May be an image of 6 people, people standing and outdoorsअधिल्लो निर्वाचनमा ४ सय ७८ पदका लागि २ हजार १४१ उम्मेदवार चुनावी मैदानमा थिए, भने अहिलेको निर्वाचनमा ९ पदका लागि ८० मात्रै उम्मेदवार चुनावी मैदानमा थिए । उतिबेला २ लाख, ९५ हजार ३५४ र अहिले बढेर ३लाख, २५ हजार ९ मतदाता थिए । तर मतदाता बढेपनि मतदान भने मतदाता अनुरुप बृद्धि नभएपछि स्वयम दलपनि निरास भएका छन ।May be an image of 8 people, people standing and outdoors
स्थानीय तह निर्वाचनमा १३२ मतदान स्थलका ३४१ मतदान केन्द्र र अहिले स्थल उही र ५ मतदान स्थल बढेर ३ सय ४६ पुगेका छन । हरेक मतदान स्थलमा बिहानैदेखि मतदाताको उत्साहपुर्ण उपस्थिति देखिएको थिएन । कतै अपवादमा उल्लासपुर्ण मतदान भएपनि अधिकाँस मतदान स्थलमा मतदाताको उत्साहजनक उपस्थिति देखिएन् । जिल्ला भरी १ लाख ८८ हजार ३ सय ७३ मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।May be an image of 7 people, people standing and outdoorsराजनीतिशास्त्रका जानकारहरुले दलहरुप्रति जनताको आशा अपेक्षा र विश्वास गुम्दै आएको बताएका छन । सुदूरपश्चिम विश्वविद्यालय राजनीतिशास्त्रका पुर्व प्राध्यापक डा. टेकराज पन्तले राजनीतिक दल, तिनका नेताप्रति जनताको विश्वास गुम्दै गएपछि मतदान कम खसेको बताए ।May be an image of 10 people and outdoors ‘पछिल्ला दिनमा राजनीतिक दल, तिनका उम्मेदवारका कामकाज व्यवहारका कारण मतदातामा वितृष्णा जागेको छ, ‘उनले भने, ‘जनताले चाहेका पार्टीले उम्मेदवार अघि नसार्दा पनि अपेक्षित मत परिमाण खसेन ।’ चुनाव जितेपछि आफ्ना आसेपासे आफन्त पोस्नकै लागिलिप्त हुन थालेपछि नागरिक दलप्रति रुष्ट हुँदै गएको बताए । ‘दल र तिनका नेताले जनताप्रति खासै उत्तरदायी देखिएनन्, ‘राजनीतिशास्त्रका पुर्व प्राध्यापक पन्तले भने, ‘यसबाट दलहरुलाई पाठ सिकाएको छ ।’ मतदान उत्साहपुर्ण नदेखिएपनि शान्तिपुर्ण भयरहित ढङगबाट सम्पन्न भएको छ । हरेक मतदान स्थलमा सुरक्षा प्रबन्ध बलियो बनाईएको थियो ।May be an image of 7 people, people standing, outdoors and treeMay be an image of 10 people, people standing, outdoors and treeMay be an image of 12 people and outdoors

ताजा समाचार