कञ्चनपुर : बाजुरामा हत्या गरिएका अनेरास्ववियूका नेता चेतन ऐडीका हत्यारा कार्बाहीको माग अघि सार्दै अनेरास्ववियु कञ्चनपुरले माग अघि सारेको छ । अनेरास्ववियु कञ्चनपुरले मंगलबारले जिल्ला प्रशासन कार्यालय कञ्चनपुर मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ ।

अनेरास्ववियु कञ्चनपुरका उपाध्यक्ष रविन नाथले विभत्स हत्या गरिएका अनेरास्ववियुका नेता एव सुदूरपश्चिम विश्वविद्यालय राष्ट्रिय कमिटि अध्यक्ष्इा ऐडीका हत्यारा सार्वजनिक गर्न माग अघि सारेर ज्ञापन पत्र बुझाईएको बताए । ऐडीका हत्यारा पक्राउ गरी कार्बाही नगरिए अनेरास्ववियु कञ्चनपुरले आन्दोलनको चेतावनी दिएको छ ।







