पुनर्वास एमालेका महिला माओवादी केन्द्रमा प्रवेस भन्छन, ‘महिला नेतृ बिना मगर जिताउँन एमालेमा बसेर नसकिने भएपछि माओवादीमै प्रवेस गरे’


कञ्चनपुर : निर्वाचनकै मुखमा पुनर्वास एमालेका युवा एव महिला नेतृ माओवादी केन्द्रमा प्रवेस गर्नेक्रम बढिरहेको छ । पुनर्वास एमालेका दर्जनौँ युवा प्रवेस गरेसंगै एमाले नेतृ समेत माओवादी केन्द्रमा प्रवेस गरिरहेका छन ।

नेकपा माओवादी केन्द्रका नेता एव क्षेत्र १ बाम लोकतान्त्रिक गठबन्धन मुल निर्वाचन परिचालन समितिका संयोजक लोकेन्द्र लम्सालले बिहीबार एक कार्यक्रमका विच एमाले नेतृ बधु बम एमाले परित्याग गरेर माओवादी केन्द्रमा प्रवेस गरेको बताए । ‘एमाले परित्याग गरेर माओवादी प्रवेसक्रम जारी छ, ‘उनले भने, ‘एमाले नेता कार्यकर्ता भन्दैछन, एमालेमै बसेपछि गठबन्धनलाई भोट दिन सकिदैन, त्यसैले महिला नेतृ बिना मगर जिताउन एमाले परित्याग गरेर माओवादीमै प्रवेस गरेका हौँ ।’

क्षेत्र १मा बाम लोकतान्त्रिक गठबन्धनको माहोल बढ्न थालेपछि धमाधम एमाले परित्याग गर्दै माओवादीमा प्रवेसक्रम बढिरहेकोछ ।


ताजा समाचार

spot_img