नेपाल नेत्रहीन संघ कन्चनपुर परियोजना द्वारा ३ दिने हर्पिक र फिनाइल तालिम सञ्चालन


कञ्चनपुर : नेपाल नेत्रहीन संघ कन्चनपुर परियोजनाले जिल्लामा रहेका दृष्टिबिहिन भएका ब्यक्तिहरुलाइ हर्पिक र फिनाइल बनाउने तालिम सञ्चालन गरेको छ। जिल्लामा रहेका २५ जना दृष्टिबिहिन भएका ब्यक्तिहरुलाइ आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरेको हो । तालिम ३ दिन सम्म सन्चालन गरिने छ। शनिबार कन्चनपुर नेत्रहीन संघका अध्यक्ष प्रेम बहादुर बोहराको अध्यक्षता र भीमदत्त नगरपालिका नगर प्रवक्ता तथा भीमदत्त नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष महेन्द्र खड्काको प्रमुख आतिथ्यतामा तालिम उद्घाटन गरिएको हो।

No description available.

उक्त कार्यक्रममा विशिष्ट अतिथि सामाजिक अभियन्ता दिर्घ कुमार स्वार र सुदूरपश्चिम प्रदेश नेत्र हिन कोषाध्यक्ष हिमाल रोकाया लगायतको उपस्थिति रहेको थियो। उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि खड्काले उत्पादनमुखी तालिमबाट दक्ष जनशक्ति उत्पादन गरि आय आर्जन गर्न सकिन्छ। तालिम पछि उत्पादन गरेको वस्तुको बजारीकरणको लागि नगरपालिका बाट सहयोग गर्ने प्रमुख अतिथि खड्काले प्रतिबद्धता व्यक्त गरेका थिए।

No description available.

सामाजिक अभियन्ता दिर्घ कुमार स्वारले अपाङ्गता भएका ब्यक्तिहरुको आय आर्जन गर्न राज्यले योजनाबद्ध रुपमा उत्पादनमुखी कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए। उहाँहरुको जिवन स्तरमा अभिवृद्धि गर्न कृषि र प्राविधिक तालिम सञ्चालन गरी रोजगारी सिर्जना गर्न सकिने बताए। स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष अम्बा दत्त जोशीले गर्नु भएको थियो भने कार्यक्रम संचालन संस्थाका कार्यक्रम संयोजक पदम बहादुर सिहंले गर्नु भएको थियो ।

No description available.


ताजा समाचार

spot_img